Home / Feature Breaking news / ‘ऐन संसोधन नभए कडा आन्दोलन हुन्छ’– पोख्रेल

‘ऐन संसोधन नभए कडा आन्दोलन हुन्छ’– पोख्रेल

विमल गौतम
तुलसीपुर, ८ दाङ

नेपाल पत्रकार महांसघका वरिष्ठ केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले सरकारले जारि गरेको नयाँ ऐन पश्चगामी भएको बताउनु भएको छ ।

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले आज आयोजना गरेको ‘नयाँ ऐनमा मानव अधिकारको अवस्था’ विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै उपाध्यक्ष पोख्रेलले त्यस्तो बताउनु भएको हो ।

सरकारले ल्याएको नयाँ ऐनका केहि बुदा अग्रगामी नभई पश्चगामी भएको दावि गर्नु भयो । ऐनले स्वतन्त्र प्रेस माथि अंकुश लगाउन खोजेको भन्दै त्यो पत्रकारहरुकालागि मान्य नहुने जिकिर गर्नु भयो ।

कानुन जहिले पनी जनताले मागेको हुनु पर्ने भन्दै अनावश्यक कानुन बनाउदा त्यसले जनतामा नकारात्मक असर पार्ने उहाँको भनाई  थियो ।

कार्यक्रमका प्रमुख अतिथि पोख्रेलले सरकारले ल्याएको नयाँ ऐनका केहि वुँदाले जनताको अधिकार रक्षा भन्दा पनी जनतालाई समस्या पार्ने दावि गर्नु भयो ।

hurpe 3

पोख्रेलले सरकारले ल्याएको नयाँ ऐनले पत्रकारहरुमा केहि विचलन ल्याएको भन्दै निर्भिक भएर आफनो पेशमा लाग्न उहाँले सुझाव दिनुभयो ।

पत्रकारहरुले जसरी पत्रकारिता गरि रहनु भएको छ सोहि अनुरुप अगाडि वढन उहाँले सुझाव दिनुभयो । नयाँ ऐनले प्रेस माथि लगाएको अंकुशका विषयमा आफुहरुले संसोधनका लागी सरकारलाई जानकारि गराएको भन्दै तत्काल संसोधन गर्न सरकार संग माग समेत गर्नुभयो ।

पोख्रेलले आफुहरुका जायज माग लाई सरकारले हल्का रुपमा लिए देश व्यापि रुपमा त्यसको बिरोध गर्ने समेत तयारि भै रहेको बताउनु भयो । पोख्रेलले पत्रकारहरुलाई निर्भिक र निडरताका साथ आफनो जिम्मेवारिमा लाग्न भन्दै यदि कुनै समस्या आए महासंघ सवैको साथमा रहने दावि गर्नूभयो  ।

पोख्रेलले सरकारले ल्याएको नयाँ ऐन कार्यान्वयन गर्ने निकायहरुले समेत स्वतन्त्र रुपमा पत्रकारीता गर्नेहरु लाई कुनै अपठ्यारो पार्ने गरि निर्णय गरे त्यसका बिरुद्ध आफुहरु लाग्ने समेत चेतावनि दिनुभयो ।

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा  समाजका संस्थापक सभापति वरिष्ठ अधिवक्ता डिल्लीराज धिताल र पुर्व केन्द्रिय उपसभापती अधिवक्ता मोहन धितालले मानव अधिकारको प्रत्याभुतिका लागि सरकार क्रियाशिल र जिम्मेवार बन्नु पर्ने बताउनु भयो ।

मानव अधिकार हननका घटनाका दोषि जो कोहि भए पनि कडा कार्वाहि गरे दण्डहिनताको अन्त्य तथा मानव अधिकारको प्रत्याभुति हुने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा तुलसीपुर उपमहानगर पालिका वडा नम्वर ५ का अध्यक्ष बिरेन्द्र शाह , कार्यपालिका सदस्य जानका रेग्मी , ईलाका प्रहरि कार्यालय तुलसीपुरका प्रहिर निरिक्षक राजनराज रायमाझि , एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष बिमल गौतम , पत्रकार नारायाणि रजौरे , समाजसेवि धु्रव गौतम लगाएतकाले मान्छेको स्वतन्त्र पुर्वक गर्न पाउने सवै अधिकारको रक्षा सरकारले गर्नुु पर्नेमा जोड दिनुभयो ।

सो अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको अधिवेशन बाट निर्वाचित नयाँ पदाधिकार एवम सदस्यहरुलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो भने समाजलाई कार्यालय प्रयोजनका लागि दराज सौजन्य गर्ने समाजसेवि धु्रव गौतमलाई सम्मान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा मानव अधीकार तथा शान्ति समाजको कार्यालय समेत स्थापना गरिएको छ । कार्यक्रमका प्रमख अतिथि पोख्रेलले समाजको साईन वोर्ड स्थापना गरेर तुलसीपुरको विपि चौकमा कार्यालयको उदघाटन गर्नु भएको हो ।

समाजका सहसविच उषा गौतमको स्वागत मन्तब्य बाट शुरु भएको काक्रमको संचालन सचिव निर्मला डिसिले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*