Home / Feature Breaking news / सामुदायिक विद्यालयमा सृजनशिल तालिम

सामुदायिक विद्यालयमा सृजनशिल तालिम

तुलसीपुर, ८ भदौ  
शिक्षकहरुमा सृजनात्मकताको विकासका लागि तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकहरुलाई तालिम दिइरहेको छ ।

विद्यार्थीहरुमा पढाइप्रति अभिरुचि पैदा गर्नका लागि शिक्षकको महत्वपूर्ण भुमिका हुने भएकाले शिक्षकहरुलाई सृजनशिल वनाउनका लागि तालिमको व्यवस्था गरिएको उपमहानगरका शिक्षा संयोजक देवराज विकले जानकारी दिए ।

उनले सामुदायिक विद्यालयका शिक्षकहरुमा समयानुकुल शिक्षण पद्धतिको विकास गर्नका लागि उपमहानगरले निरन्तर तालिमको व्यवस्था गरेको वताए ।

 नगरमा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीका आकर्षण वढाउनका लागि उपमहानगरले निरन्तर विभिन्न गतिविधि गरिरहेको शिक्षा शाखा प्रमुख भाष्कर गौतमले वताए ।

उनले निजी विद्यालय राम्रो वनाउन सक्ने शिक्षकले सामुदायिक विद्यालय पनि वदल्न सक्ने वताए । ‘शिक्षकहरुमा केही गर्ने सोच हुनु पर्दछ ’ उनले भने ।

  तुलसीपुरको मावि कालाखोलमा आयोजना गरिएको तालिमलाई सम्वोधन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले तालिम लिने तर त्यसलाई प्रयोग नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने कुरामा जोड दिए ।

उनले गुणस्तरिय शिक्षाका लागि तुलसीपुर मै जानुपर्दछ भन्ने मान्यताको विकास गर्नका लागि शिक्षकहरुले सृजनशिल भएकार काम गर्नुपर्ने वताए ।

‘ विद्यार्थीहरुलाई अब्बल वनाउनका लागि जीवनपयोगी शिक्षामा जोड दिनु पर्दछ’ नगरप्रमुख पाण्डेले भने । उनले पहिलो चरणमा केही विद्यालयका शिक्षक शिक्षिकाहरुलाई मात्रै तालिम दिएको भएपनि यसलाई उपमहानगरपालिका भरि नै विस्तार गरेर लैजाने उनको भनाई थियो ।

उनले विद्यार्थीहरुलाई जति धेरै अभ्यास गराउन सक्यो त्यति नै शैक्षिक उपलब्धि वृद्धि हुने कुरामा जोड दिए । ‘ हामी जे गर्न पनि तयार छौ तर कुनै पनि हिसावमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारिएकै हुनुपर्दछ ।’ पाण्डेले भने ।

नगरका मावि कालाखोला, मावि भ्युडहर सुनपुर, जनता संस्कृत मावि विजौरी र मावि दोघरका शिक्षकहरुको सहभागिता रहेको थिए । एकदिने तालिमको प्रशिक्षकमा अर्जुंन भट्ट र विश्वराज पंगेनी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*