Home / Feature Breaking news / लखन कपमा ओपनिङ खेल बडहरा र दंगाली क्लबबीच हुने

लखन कपमा ओपनिङ खेल बडहरा र दंगाली क्लबबीच हुने

दाङ, २८ माघ । फागुन २ गतेदेखि दाङको घोराहीमा सञ्चालन हुने प्रथम सहिद लखन थापा मगर रनिङ शिल्ड फुटबल प्रतियोगीताको पहिलो खेल बडहरा युवा क्लब र दंगाली युवा क्लबबीच हुने भएको छ । सबै क्लबका प्रतिनीधिको सहभागीतामा तानिएको गोलाप्रथाबाट दुबै क्लबले पहिलो खेल खेल्ने भएका हुन् ।

गतबर्षको बिजेता बडहरा युवा क्लबले पहिलो खेलमा दंगाली युवा क्लबसंग प्रतिष्पर्धा गर्ने भएको हो । नेपाल मगर संघ दाङको आयोजनामा फागुन २ गतेदेखि १५ गतेसम्म प्रतियोगीता सञ्चालन हुन लागेको छ ।

घोराहीको नवलपुर खेल मैदानमा फुटबल प्रतियोगीता हुने भएको छ । यस्तै यो बर्ष रेफ्रि संघको सिफारिसमा दुई खेलाडी प्रतिबन्धमा परेका छन् । रेफ्रि संघले दुबै खेलाडी सहभागी प्रतियोगीता नखेलाउने निर्णय गरेपछि ती खेलाडीले लखन कप गुमाउने भएका हुन् ।

यस्तै दोस्रो खेल सक्सेस क्लब र फुर्सेखाली एफएबीच हुनेभएको छ । तेस्रो खेल बुद्ध स्पोर्ट क्लब र दाङ युवा मञ्चबीच हुने भएको छ । चौथो खेल रतनपुर ११ र न्यूटार क्लबले प्रतिष्पर्धा गर्नेभएका छन् ।

त्यसैगरी पाँचौँ खेल चौघेरा युवा क्लब र राप्ती क्लबबीच प्रतिष्पर्धा हुने छ भने छैठौँ घोराही एफसी र नवलपुर क्लबीच प्रतिष्पर्धा हुदा सातौँ खेल युएनबिसी र ड्रिमल्याण्ड एफए र आठौँ खेल मेगा क्लब र बबई एफसीबीच प्रतिष्पर्धा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*