Home / Feature Breaking news / दाङ आईटिएफ तेक्वान्दो संघको अध्यक्षमा थापा

दाङ आईटिएफ तेक्वान्दो संघको अध्यक्षमा थापा

दाङ, २५ माघ । दाङ जिल्ला नेपाल आइटिएफ तेक्वान्दो संघको अध्यक्षमा भीमबहादुर थापा चयन भएका छन् । संघको शनिवार घोराहीमा भएको दोस्रो अधिवेशन तथा साधारणसभाले थापाको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्ष आकाश विश्वकर्मा, उपाध्यक्षमा भूपेन्द्र रोका मगर, सचिवमा मधुसुधन पन्त र कोषाध्यक्षमा झकमा विष्ट बस्नेत चयन भएकी छिन् । सदस्यमा लेखनाथ बुढाथोकी, एलिस नेपाली, नारायणप्रसाद भण्डारी, कमल बिसी, सरिता नेपाली, राजेश्वरी चौधरी, कृष्ण थापा र श्रीकिरण महतरा छ्न ।

अधिवेशनले संरक्षक सस्थापक अध्यक्ष प्रेम बुढा, संघको सल्लाहकारमा रमेशकुमार पाण्डे र केशव गिरीलाई चयन गरेको छ । अधिवेशन संघका अध्यक्ष प्रेम बुढाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यता एवं घोराही उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रमेशकुमार पाण्डे र नेपाल आईटिएफ तेक्वान्दो संघ प्रदेश नं. ५ का प्रमुख बिरेन्द्र शाहीको विशिस्ट आतिथ्यतामा भएको थियोे ।

कार्यक्रमको उद्घाटन गर्दै समन्वय समितिका प्रमुख नेपालीले खेलले मानिसलाई अनुशासित बनाउने बताए । उनले खेल क्षेत्रको विकासको लागि राज्यले चासो दिनुपर्ने समेत बताए । कार्यक्रममा दाङ जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि सन्तोष चौधरी, नगरपालिका कर्मचारी नारायण थापा, अर्जुन पन्थीलगायतले शुभकामना व्यक्त गरेका थिए । उपाध्यक्ष भीमबहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सल्लाहकार केशव गिरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*