Home / Feature Breaking news / मानव सेवा घरमा फेन्सी व्यवसायीद्वारा कपडा सहयोग

मानव सेवा घरमा फेन्सी व्यवसायीद्वारा कपडा सहयोग

दाङ, १६ माघ

घोराही उपमहानगरपालिका वडा न. १० मा रहेको मानव सेवा घरमा रहेका बेवारिसे सडक मानवहरुकालागि रेडिमेट तथा फेन्सी व्यवसायी समितिले कपडाहरु सहयोग गरेको छ ।

मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरमा रहेका व्यक्तिहरुकालागि आफ्ना व्यवसायीहरुबाट संकलन गरेको कपडाहरु सेवा घरमा पुगेर वितरण गरिएको थियो । रेडिमेट तथा फेन्सी व्यवसायी समितिका अध्यक्ष निरञ्जन श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले बच्चा, वयश्क र वृद्धहरुकालागि सुरुवाल, स्वीटर, ज्याकेट लगायतका कपडाहरु प्रदान गरेको थियो ।

एक कार्यक्रमको बिच ती कपडाहरु सेवा घरलाई प्रदान गरिएको थियो । त्यस अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले मानव सेवा घरमा रहेका व्यक्तीहरुकालागि सहज होस् भनेर कपडाहरु संकलन गरेर प्रदान गरिएको बताउनुभयो ।

‘मानव सेवा घरमा रहेका बेवारिसे सडक मानवहरुको सेवामा मानव सेवा घरले काम गरिरहेको छ यो अभियानमा हामी पनि संस्थागत रुपमा सहयोग गरेका हौँ’ अध्यक्ष श्रेष्ठले भने– ‘यो हाम्रो अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यवसायीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छुु । आगामी दिनमा पनि हाम्रो संस्थागत सहयोग भईरहने छ ।’

त्यस अवसरमा अध्यक्ष निरञ्जन श्रेष्ठसँगै सचिव संजिव श्रेष्ठ, सहसचिव गणेश पाण्डे, सल्लाहकार माधव खनाल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*