Home / Feature Breaking news / राप्ती स्वास्थ्य प्रतिष्ठानमा कोरोना परिक्षण शुरु, ११ जनाकै रिपोट नेगेटिभ

राप्ती स्वास्थ्य प्रतिष्ठानमा कोरोना परिक्षण शुरु, ११ जनाकै रिपोट नेगेटिभ

दाङ, १५ बैशाख ।
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर मेसिनबाट कोरोना भाइरसको परिक्षण सुरु भएको छ । पहिलो पटक परिक्षण गरिएका ११ जनाको रिपोट नेगेटिभ आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्रा.डा संगीता भण्डारीले जानकारी दिएकी छिन ।

प्रतिष्ठानले सोमवार पत्रकार सम्मेलनको आयोजना गरि पहिलो पटक परिक्षण गरेको रिपोट सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा रिपोट सार्वजनिक गर्दै प्रतिष्ठानकी उपकुलपति प्रा.डा. भण्डारीले पहिलो चरणमा कोरोना भाइरसको आशंकामा परिक्षण गरिएका ११ जनाको रिपोट नेगेटिभ आएको जानकारी दिएकी हुन ।

घोराही उपमहानगरपालिका– १५ र १६ बाट आएका ५ जना, तुलसीपुर– ६ बाट आएका ५ जना र सल्यानबाट आएका १ जनाको स्वाव परिक्षण गरिएकोमा सवैको रिपोट नेगेटिभ आएको उनले बताइन । पहिलो पटक परिक्षण गरिएका सवै जनाको पुनः परिक्षणका लागि भैरहवा समेत पठाइएको थियो ।

‘पिसिआर मेसिनबाट सुरुको ११ जनाको परिक्षण गरेका छौं,जसमा ११ जनाकै रिपोट नेगेटिभ आएको छ’–उपकुलपति प्रा.डा.भण्डारीले भनिन्,‘ पहिलो चरणमा मेसिनमा केही समस्या छ कि भनेर,यहाँ परिक्षण गरेका ११ जनाकै स्वाव भैरहवा भएका थियो,त्यहाँ पनि नेगेटिभ आएको छ ।’ दोश्रो चरणको परिक्षणमा कोरोना बिशेष अस्पताल बेलझुण्डीबाट आएका ४ जना र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना भएका २ जना गरि ६ जनाको परिक्षण प्रक्रिमा रहेको समेत बताएकी छिन ।

राप्ती स्वासथ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको पिसिआर मेसिनबाट दैनिक एक सय ९३ देखि २ सय जनाको स्वाव परिक्षण गर्न सकिने उनले बताइन । स्वाव परिक्षणको रिपोट आउन ६ घण्टा लाग्ने प्रतिष्ठानले जनाएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान भएको पिसिआरमा एकैपटक ९६ जनासम्मको परीक्षण गर्न सकिने क्षमता भएको प्रतिष्ठानले जनाएको छ । त्यस्तै उनले बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालसँग सम्वन्व भैरहेको भन्दै प्रतिष्ठानमा धेरै विरामी आए बेलझुण्डी पठाइने समेत बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*