दाङ, १५ बैशाख ।
घोराही उपमहानगरपािलका–१४ निवासी रोका परिवारले आफ्ना ८४ वर्षीय बुबा गणेशप्रसाद रोकामगरको नाममा घोराही उपमहानगरपालिका–१४ लाई खाद्यान्न सहयोग गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनका क्रममा आर्थिक रुपमा विपन्न परिवारहरुमा परेको समस्यामा सहयोग पु¥याउने उद्देश्यले खाद्यान्न सहयोग गरेका हुन ।
‘बुबा अहिलेको बिषम परिस्थीतिमा सहयोग गर्न इच्छुक हुनुहुन्थ्यो,तर आफु वृद्ध भएका कारण सहयोग हस्तान्तरण गर्न सक्नुभएको थिएन’,छोरा कैलाश रोकामगरले भने,‘बुबाको इच्छा अनुसार हामीले छोराहरुले वडा नं. १४ लाई खाद्यान्न सहयोग गरेका हौं ।’
नेकपाका जिल्ला सदस्य तथा रोल्पाली ढाङढुंगे कुरेली समाज दाङका बरिष्ठ सल्लाहकार समेत रहेका रोकाले घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।
उनले ५१ हजार मुल्य बराबरको ३० बोरा चामल,४ बोरा दाल, ४ काटुन तेल, २ बोरा नुन घोराही उपमहानगरपालिकाका प्रमुख चौधरीमार्फत घोराही उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष एव घोराही उपमहानगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीलाई हस्तान्तरण गरेका हुन । राहत सामग्री बुझ्दै नगर प्रमुख चौधरी तथा वडा अध्यक्ष डाँगीले ध्यन्यावाद दिएका थिए ।