Home / समाचार / दाङ उवासंघकाे होम डेलिभरी सेवा स्थगित

दाङ उवासंघकाे होम डेलिभरी सेवा स्थगित

दाङ, १५ बैशाख ।
२४ सै घण्टा लकडाउन भएको समयमा दाङ जिल्ला उद्योग वाणिज्य संघले सञ्चालन गदै आएको होम डेलिभरी सेवा हाल लाइ स्थगित गरिएको छ । संघका अध्यक्ष नारायणप्रसाद भुसाल र महासचिव नरेश कार्कीले सोमवार एक विज्ञप्ती जारी गरि यस्तो जानकारी दिएका हुन ।

received_547428075914849

घोराही उपमहानगरपालिका र दाङ जिल्ला उद्योग वाणिज्य संघको अनुरोध एवं जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा यही बैशाख १६ गते देखि दैनिक रुपमा विहान ११ बजे देखि दिउँसो ३ बजे सम्म अत्यावश्य दैनिक उपभोग्य बस्तुहरुको विक्री वितरणको लागी घोराही उपमहानगरपालिका भरका पसलहरु खुल्ने भएकोले संघले सञ्चालन गदै आएको होम डेलिभरी सेवा स्थगित गरिएको बताइएको हो ।

जटिल पस्र्थिीती भएमा पुन होम डेलिभरी सेवा प्रदान गरिने संघले जनाएको छ । संघले गत चैत्र १८ गते देखि होम डेलिभरी सेवा प्रदान गदै आएको थियो ।

सम्पूर्ण उद्योगी व्यवसायी एवं उपभोक्ताज्यूहरुलाई सामाग्री खरिद विक्री गर्दा अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्नुको साथै अपनाउनु पर्ने सुरक्षा सावधानीहरु अपनाई कारोवार गर्न आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*