Home / Feature Breaking news / डाक्टर केसीका समर्थकलाई अश्रु ग्यास र लाठी (तस्बिरहरू)

डाक्टर केसीका समर्थकलाई अश्रु ग्यास र लाठी (तस्बिरहरू)

दाङ, ५ साउन
माइतीघरदेखि बानेश्वरसम्म डाक्टर केसीका समर्थनमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूलाई लक्षित गरी प्रहरीले अश्रु ग्यास र लाठीचार्ज गरेको छ।

प्रदर्शनकारीका तर्फबाट ढुंगा हानिएको र निषेधित क्षेत्र तोडेको आरोप लगाउँदै प्रहरीले शनिबार दिउँसो (केहीबेर अघि) बल प्रयोग गरेको हो। प्रहरीले पटक पटक अश्रुग्यास हानेको छ।

लाठी लागेर दर्जन बढी प्रदर्शनकारी घाइते छन्।

यस्तै माइतीघर मण्डलामा तरुण दलले गरेको विरोध र्‍यालीमा पनि प्रहरीले लाठी चार्ज गरेको छ। तरुण दलका अध्यक्ष जीतजंग बस्नेतसहित कार्यकर्ताहरु घाइते छन्। बस्नेतको टाउकोमा चोट छ।

प्रहरीले समाचार संकलनमा पुगेका पत्रकारलाई पनि लाठी हानेको छ। प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीको हातमा चोट छ। उनीहरुको सिभिल अस्पतालमा उपचार भइरहेको छ।

 

 

 सबै तस्बिरहरू :निशा भण्डारी

 

सेतोपाटीबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*