Home / Feature Breaking news / देउतालाई बली चढाउन अढाई वर्षीय नाबालकको हत्या

देउतालाई बली चढाउन अढाई वर्षीय नाबालकको हत्या

देउतालाई बली चढाउन अढाई वर्षीय नाबालकको हत्या

धनुषा,१६ जेठ । अढाई वर्षीय बालक आर्यन भन्ने समिर कुमार साहको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषा मिथिला नगरपालिका–६ का शम्भु कमार शाहका अढाई वर्षीय छोरा आर्यनको गत वैशाख २४ गते अपहरणपछि हत्या भएको थियो ।

वैशाख २३ गते अपरान्ह ५ बजेको समयमा अपहरणमा परेका आर्यनको करिब एक महिनापछि हत्यामा संलग्न स्थानीय ५५ वर्षीय शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

आर्यनको २४ गते मध्यराती २ बजे धारिलो हतियारले रेटेर हत्या गरिएको थियो । महतोले प्रहरी समक्ष बालकको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको स्वीकार गरेका छन् ।

प्रहरीले जेठ १५ गते महतोलाई उनकै घरबाटै पक्राउ गरेको हो । प्रहरीका अनुसार महतोको साथबाट एक थान धारिलो हतियार, आर्यनको हत्या गर्दा लगाएको गञ्जी, गम्छा र धोतीसमेत बरामद भएको छ ।

महतो गाउँमा धामीझाँक्रीको काम गर्दै आएका थिए । देवी देवताको नाममा नर वलीको रुपमा आफ्नै घर आँगनमा क्रुरतापूर्वक बालकको हत्या गरी बली चढाएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक बालककी आमा रेणु देवी साह घाँस काट्न गएको मौका छोपेर घरमा खेलिरहेका आर्यनलाई महतोले फकाएर आफ्नो घर लगेका थिए ।

महतोले बालकको हत्यापछि शव घर पछाडि कृष्णनन्दन महतोको खेतको झाडीमा फालेका थिए ।

पक्राउ परेका महतोलाई धनुषा जिल्ला अदालतमा पेश गरी पहिलो पटक दिन ७ को म्याद थप गरिएको छ ।

अन्धविश्वासकै कारण उक्त घटना भएको प्रहरीको निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*