दाङ, २६ असार
घाेराही खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाकाे निर्वाचनमा गठबन्धन प्यानलकाे चुनाव प्रचार प्रसार समितिले धन्यवाद ज्ञापन गरेकाे छ ।
अन्तिम मत परिणाम सार्वजनिक भए पश्चात् समितिले धन्यवाद तथा आभार प्रकट गरेकाे हाे ।
समितिले एक बधाई तथा धन्यवाद ज्ञापन विज्ञप्ति जारी गरी सम्पूर्ण उपभोक्ता, राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज, विभिन्न संघ संस्था, सुरक्षाकर्मी , पत्रकार एवम् शुभचिन्तकहरूमा धन्यवाद प्रकट गरेकाे छ ।
समितिले गठबन्धनकाे प्यानललाई विजयी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह सबैमा आभार प्रकट गरेकाे छ । जारी विज्ञप्तिमा अमूल्य मतदान गरी गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउने सम्पूर्ण मतदाताप्रति पनि धन्यवाद ज्ञापन गरिएकाे छ ।
साथै विज्ञप्तिमा विजयी उम्मेदवारहरूलाई बधाई तथा सफल कार्यकालकाे शुभकामना पनि प्रकट गरिएकाे छ ।
चुनाव प्रचार प्रसार समितका संयाेजक तथा नेपाली कांग्रेस क्षेत्र न. २ (क) का सभापति प्रकाश श्रेष्ठ, समितिका सदस्य तथा नेपाली कांग्रेस घाेराही नगर सभापति तिकल रावत, समितका सदस्य तथा नेकपा माओवादी केन्द्रका शक्तिराम डाँगी, समितिका सदस्य तथा नेकपा एकीकृत समाजवादीका गुरूप्रसाद महरा केसी, समितिका सदस्य तथा राष्ट्रिय जनमाेर्चा समन्वय समितिका नेता लिलाराम पुन (लालध्वज)काे संयुक्त हस्ताक्षरमा विज्ञप्ति जारी गरिएकाे छ ।