Home / Feature Breaking news / पटक पटकका भूकम्पले बाजुराका ७ हजार १३० घरमा क्षति

पटक पटकका भूकम्पले बाजुराका ७ हजार १३० घरमा क्षति

पछिल्लो समयमा पटक पटक गइरहेका भूकम्पले बाजुराका ७ हजार १३० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । पटक पटक भूकम्प गइरहने भएकाले सुदूरपश्चिमका बासिन्दा त्रसित बन्दै आएका छन् ।

बझाङमा असोज १६ गते मंगलबार दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि निरन्तर सानाठूला परकम्प जाने क्रम जारी छ  ।

भूकम्पले बाजुरामा १ हजार ३८३ घर पूर्ण रुपमा क्षति भएका छन् । त्यस्तै आंशिक रुपमा ५ हजार २९ र ७१८ जोखिम गरेर ७ हजार १ सय ३० घरमा क्षति भएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए ।

खप्तडछेडेदह गाउँपालिकामा मात्रै ९८९ घर पूर्ण रुपले क्षति भएको प्रशासनले जनाएको छ ।

बडिमालिकामा ११४, त्रिवेणीमा ११०, बुढिगंगामा १२६ र बुढिनन्दा नगरपालिका १७ घरमा पूर्णरुपमा क्षति भएको छ ।

गौमुल गाउँपालिका २५ घर र हिमाली गाउँपालिकामा २ घरमा पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।

बाजुरामा धेरै घर भत्किएका छन्, नभत्किएका घर पनि पूरै चिराचिरा भएकाले बस्न लायक नभएको स्थानीयबासिन्दाले बताएका छन् ।

पीडितहरु अहिलेको चिसोमा पनि पालमा रात काट्न बाध्य रहेको बुढिगंगा नगरपालिका १० का भरत कुँवरले वताएका छन । पालमा बस्नुपर्दा गर्भवती, सुत्केरी र बालबालिका सबैभन्दा बढी प्रभावित भएको उनले बताए ।

भूकम्प प्रभावितले सामान्य पाल भन्दा बाहेक अरु केही राहत नपाएको गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*