Home / Feature Breaking news / दाङमा एक लाख टिमुरका बिरुवा रोप्ने अभियानः छिल्लिकोटका ६६ घरधुरीलाई निशुल्क विरुवा वितरण

दाङमा एक लाख टिमुरका बिरुवा रोप्ने अभियानः छिल्लिकोटका ६६ घरधुरीलाई निशुल्क विरुवा वितरण

दाङ, ३१ असार ।

जिल्लामा एक लाख टिमुरका बिरुवा रोप्ने अभियान शुरु गरेको डिभिजन वन कार्यालय दाङले स्थानीयलाई समृद्ध बनाउन भन्दै छिल्लिकोटका ६६ घरधुरीलाई ६ हजार बिरुवा बितरण गरेको छ ।

पहाडी भेगमा पर्ने तुलसीपुर उपमहानगरपालिका वडा नं  १९ को छिल्लीकोटमा निशुल्क रुपमा उनीहरुको माग अनुसार २० देखि २ सय ५० वटाका दरले ६६ घरधुरीलाई उनीहरुको घरमै निशुल्क ढुवानी र बितरण गरेको डिभिजन वन कार्यालय दाङले जनाएकोा छ । करिव तीन घण्टा पैदालै हिडेर डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले टिमुरा बिरुवा छिल्लिकोट लगेर टिमुर रोपण अभियानको शुरु गर्नु भएको कार्यालयले जनाएको छ ।

कृषकले लगाएको मकै बालीलाई बर्षौं देखि बाँदरले खाई नोक्सानी गरी जोगाउन कठिन रहेकोमा अवस्थामा टिमुर खेती गर्दा चाँडै ३∕४ बर्षभित्रै उत्पादन लिन सकिने र बाँदरबाट हुने नोक्सानी समेतबाट बच्ने भएको कारण आफूहरु टिमुर खेती तर्फ आर्कषक भएको स्थानीयले बताएका छन ।

छिल्लिकोटमा स्थानीयले मलागिरी बासबाट निर्माण गरिने भकारी, डोका, स्याकु र अदुवा खेती गरेर  जिबिकोपार्जन गर्दै आएकोमा टिमुर खेतीबाट उनीहरुको जीविकोपार्जन गर्न सहज हुने योजनाका साथ छिल्लिकोटमा टिमुर खेतीको अभियान थालिएको डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिनुभयो । कार्यालयले दाङका पहाडी भेगमा पर्ने बंगलचुली गाउँपालिका, घोराही र तुल्सीपुर उपमहानगरपालिकाका पहाडी भेगमा यो बर्ष एक लाख टिमुरका बिरुवा रोपेको छ ।

आफूहरुले स्थानीय रुपमा अध्ययन गरी टिमुर खेतीबाट उनीहरुको  जिबिकोपार्जनमा थप मद्दत गरेको देखिएकाले टिमुर खेतीलाई अघी बढाइएको बिजौरी सव डिभिजन वन कार्यालयका प्रमुख कमल पुनले जानकारी दिनुभयो । कृषकले बर्षौं अघि देखि टिमुर लगाउने चाहना भएपनि बिरुवा प्राप्त गर्न नसकेको कारण लगाउन नसकिएको र अव दोस्रो चरणम ाथप चार हजार टिमुरका बिरुवा लगाउने योजना रहेको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*