Home / Feature Breaking news / पछिल्लो २४ घण्टामा ११६ कोरोना संक्रमित थपिए, ३४ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा ११६ कोरोना संक्रमित थपिए, ३४ जना डिस्चार्ज

काठमाडौं । नोभेल कोरोना भाइरसका ११६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६ संक्रमित थपिएका हुन् ।

आइतबार देशभर ८२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने त्यसअघिल्लो दिन ७० जनामा कोरोना भाइरस देखिएको थियो । त्यसैगरी सोमबा १४४ जना कोरोना भाइरसको संक्रमित देखिएको थियो ।

कुल कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार  ६९५ रहेको छ ।

७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका पाँच जिल्ला संक्रमण मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, कैलाली र बाजुरा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १० हजार ३२८ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरबाट ६० दशमलव ५३ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका २५ प्रयोगशालामार्फत ४ हजार  ३६१ जनाको पीसीआर परीक्षण गरिएको छ ।  हालसम्म नेपालमा दुई लाख ८९ हजार ३७१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको  छ।

हालसम्म देशभरका २४ हजार ७१६ क्‍वारेन्टिनमा रहेका छन् भने ६ हजार ६९५ जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।

देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३८ जनाको मृत्यु भइसकेको छ ।

सार्क मुलुकहरुमा गरिएको पीसीआर परीक्षणलाई नेपालसँग तुलना गर्दा दैनिक औसत कोरोना परीक्षण अफगानिस्तानमा २ हजार ४९,  बंगलादेशमा पाँच हजार ७२७, श्रीलंकामा पाँच हजार ७००, पाकिस्तानमा ७ हजार १७३ र भारतमा ८ हजार ५५३ र नेपालमा ९ हजार ९२७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*