Home / Feature Breaking news / मकै बाली जोगाउन रातभर बारीमै

मकै बाली जोगाउन रातभर बारीमै

जीबन न्यौपाने
दाङ ५ साउन । पश्चिम दाङका किसानहरु खेतबारीमा लगाएको मकै बालीलाई बन्यजन्तुबाट जोगाउन रातभर जागा बस्ने गरेका छन् । जङगली जनाबरहरु बंदेल, बाँदर, दुम्सीलगायतका जनाबरहरुले लगाएको बाली खान थालेपछि कृषकहरु खेतबारीमा टहरा बनाएर पहरा दिन थालेका हुन् । आफुले बर्षदिन भरि मेहनत गरि उब्जायको खाद्यान्न बालिमा फल दिने समयमा आयर क्षति पु¥याउन थालेपछि जगली जनावरबाट जोगाउन पहरा दिन थालेको कृषकले बताएका छन् ।

कृषकले खेतबारीमा पुगेर थाल,मादल, सिट्टी बजायर हुटिङगर्दै जंगली जनाबरहरु धपाउने गरेको बताए । खेतबारीमा खटेर डिउटी दिदा एकातिर रातभर अनिदो र स्वास्थमा प्रतिकुल असर पर्ने तथा बर्षायामको समयमा सर्प, बाघ,चितुवाले आक्रमन गर्नसक्ने जोखिम पनि त्यतिकै भएको कृषकले बताएका छन् । बिशेष गरि बाँके राष्ट्रिय निकुन्ज अन्र्तगतका मध्यबर्ति क्षेत्र र त्यसको आसपासमा रहेका क्षेत्रहरु बबई गाउँपालिका अन्तर्गतका वडा नं १ र ७ का कप्ताने,जलजला,माझगाउँ ,लामितरा ढोलपुर,कृष्णपुर, राउतरा,बाँठा टोल,गौजे दंगिशरण गाउँपालिका अन्तर्गतका केही क्षेत्रमा जगली जनावरले कृषकलाई लगाएर अन्न बाली खाएर सास्ती दिने गरेका छन् ।

मकैको घोगा र त्यसमा दाना लाग्न नपाउदैको कलकलाउदो मकैको बोटलाई बंदेलको हुलले रातभरमै पुरै बारी नै सखाप पार्ने गरेको बबई गाउँपालिका ७ का नरेन्द्र बुढाले बताए । त्यसैगरि जलजलाका ओपेन्द्र बस्नेतले बगालको बगाल बदेल बारिमा छिर्ने र १,२ जना मान्छले धपाउन खोज्दा उल्टै आक्रमन गर्न आउने गरेको बताए । यसैबिच मलई रेन्जपोस्टका रेन्जर खिमराज वलीले गतबर्ष जस्तै यसबर्ष पनि जगली जनावरले कृषकले लगाएको अन्नबाली क्षर्ती गर्ने गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*