घोराही, ९ मंसीर
दाङमा एक व्यक्ती मृत अवश्यामा भेटिएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ९ कर्मटीयाका ४५ वर्षीय रेञ्जलाल चौधरी मृत अवश्यामा भेटिएको स्थानीयबासीले बताएका छन् ।
शुक्रवार बेलुकी ५ बजेतिर निस्कीएका चौधरी शनिवार विहान घरदेखी ५ सय मिटरको दुरीमा मृत अवश्यामा फेला परेको स्थानीयबासीको भनाई छ । शवलाई पोष्टमार्टमकालागि राप्ती उपक्षेत्रीय अस्पतालमा ल्याईएको छ । चौधरीको मृत्यु अत्यधिक मदिरा सेवनले भएको हुनसक्ने बताईएको छ ।