Home / Feature Breaking news / सैघाबासी भन्छन्–‘भोटमात्र माग्न आउने नेता चाहिएको छैन’

सैघाबासी भन्छन्–‘भोटमात्र माग्न आउने नेता चाहिएको छैन’

घोराही, ९ मंसीर
घोराही उपमहानगरपालिका वडा नम्बर १९ मा कांग्रेसको वृहत चुनावी सभा भएको छ । क्षेत्र नम्बर २ को प्रचारप्रसार समितिले साविक सैघा गाविसमा कार्यक्रम गरेको हो ।

सयाँैको सहभागितामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहभागीहरुले यस क्षेत्रको विकासकालागि कांग्रेसले जित्न आवश्यक भएको बताएका थिए ।

उनीहरुले सैघाको हरेक विकास कांग्रेसका कारण भएको भन्दै आगामी निर्वाचनमा कांग्रेसले उमेद्वार बनाएका विकासप्रेमी नेताहरुलाई विजयी बनाउने बताए ।

‘सैघाको विकासकालागि कांग्रेसले योजना ल्याएर यस क्षेत्रको मुहार फेरिदिएको छ’ सहभागी फुर्सी पुनले भन्नुभयो–‘हामीलाई विकास दिने नेता चाहिएको छ त्यसैले कांग्रेसलाई भोट दिने हो ।’ उहाँले पहिलेदेखी नै यस क्षेत्रका जनताहरुको दुखसुखमा कांग्रेसले साथ दिएको भन्दै अब पनि कांग्रेले नै जित्न आवश्यक भएको बताउनभयो ।

‘यो क्षेत्रको माया भएको नेता, यो ठाँउको विकास गर्ने नेता चाहिएको छ हामीलाई’ पुनले भन्नुभयो–‘भोट माग्न आउने त्यसपछि अनुहार नदेखाउने बाहिरका नेता चाह्याछैन ।’

यस्तै ६५ वर्षीय आईते धामीले पनि विकास दिने र आफूलाई सधै दुखसुखमा साथ दिने नेता चाहिएको बताउनुभयो ।

‘हाम्लाई अरु केही चाहीएको छैन, सबै शान्ति, सुखसँग बाच्न पाईयोस् बाटो राम्रो होस् केटाकेटीले पढ्न पाउन्, सफा पानी खान पाईयोस्’ आईतेले भन्नुभयो–‘भोट माग्न आउने पछि हामीलाई नचिन्ने नेता के काम ।’

कार्यक्रममा बोल्दै कांग्रेसका पूर्व जिल्ला सभापति विरकेशरी गौतमले लोकतन्त्रको रक्षाकालागि कांग्रेस लागिपरेको बताउनुभयो ।

उहाँले यो निर्वाचन लोकतन्त्र रक्षा गर्ने कांग्रेस र अधिनायकवादको जनमत संग्रह भएको भन्दै लोकतन्त्रको रक्षाकालागि कांग्रेस विजयी हुन आवश्यक भएको बताउनुभयो ।

शान्ति र समृद्धि, विकास र निकासकालागि कांग्रेसलाई मत दिन उहाँले अनुरोध गर्नुभयो ।

प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनालले सैघोको विकासकालागि आफ्नो महत्वपूर्ण भूमीका भएको भन्दै आगमी दिनमा पनि विकासका योजना ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले दुईखोली, पेदा, राम्चे हुदै सैघा सडकखण्ड ५ वर्षमा कालोपत्रे गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रदेश सभा सदस्यका उमेद्वार कमलकिशोर घिमीरेले यही क्षेत्रको व्यक्ती यसपटक उमेद्वार भएर आएकाले आफ्नो गाँउठाँउलाई समृद्ध बनाउने र पहाडी क्षेत्रका बासिन्दाहरुलाइृ सहज जिवनपायपनकालागि भूमीका खेल्ने बताउनुभयो । उहाँले यस क्षेत्रका हरेक क्षेत्रका शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत पु¥याउने बताउनुभयो ।

कार्यक्रममा समानुपातिक उमेद्वार सावित्रा राना, निवर्तमान सांसद अनिता देवकोटा, पूर्व जिल्ला सहसहसभापति मोहनलाल वली, महासमिति सदस्य खगराज पाण्डे, साविका क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगी, २ का सभापति गिरिराज सुवेदी, स्थानीयबासी चन्द्रबहादुर रावत लगायतले मन्तव्य राख्नुभएको थियो ।

साविक सैघा गाविस सभापति ज्ञानबहादुर रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा टंकेश्वर ज्ञवालीले स्वागत गर्नुभएको थियो भने सहजिकरण दिपेन्द्र थापाले गर्नुभएको थियो । त्यस अवसरमा नेपाल सांस्कृतिक संघका कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए ।

यसैबीच क्षेत्र नम्बर २ को प्रदेश सभा २ का उमेदेवार भरतबहादुर न्यौपानेले आफ्नो क्षेत्रका मतदाताहरुसँग शनिवार पनि घरदैलो गर्नुभएको छ ।

प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनाल र प्रदेश सभा सदस्यका उमेद्वार भरतबहादुर न्यौपानेले घोराही उपमहानगरपालिका वडा नम्बर ८ को विभिन्न स्थानमा पुगेर मतदाताहरुलाई भेट गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*