Home / Feature Breaking news / किन बोलायो नेपाल पक्षले केन्द्रीय कमिटी ?

किन बोलायो नेपाल पक्षले केन्द्रीय कमिटी ?

काठमाडौं,१२ चैत । समानान्तर गतिविधिलाई तीव्रता दिएको नेकपा एमाले खनाल–नेपाल समूहले शुक्रबार केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

राजनीतिक, वैचारिक रूपमा विभाजनको रेखा कोरिसकेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले सांगठनिक आधार पनि बनाइरहेको छ । भोलि पार्टीलाई विधान, नियमावलीअनुरूप चल्न दबाब पुगोस् भनेर केन्द्रीय कमिटीको बैठक आह्वान गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

“एमाले विभाजन गर्नु हुँदैन भन्ने नै हाम्रो मत हो,” उनले भने, “पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विधानअनुरूप, सर्वोच्च अदालतको फागुन २३ को फैसलाअनुसार चल्न र २०७५ जेठ २ मै फर्कन दबाब दिने अभिप्रायले बैठक आयोजना गरिएको हो ।”

खनाल–नेपाल समूहले फागुन २८ गते ओलीले ‘एकलौटी’ रूपमा बैठक राखेलगत्तै पनि केन्द्रीय कमिटी बोलाएको थियो । बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो ।

भोलिको भेला विधानअनुसार चल्न दबाब दिने भनिए पनि विभाजनको सांगठनिक आधार तयार पार्ने नै भएको नेताहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*