Home / Feature Breaking news / सक्षम नेतृत्व उत्पादन गर्न महिला जेसीज : अध्यक्ष बिष्ट

सक्षम नेतृत्व उत्पादन गर्न महिला जेसीज : अध्यक्ष बिष्ट

दाङ महिला जेसीज महिलाहरुको नेतृत्व तथा क्षमता विकास गर्ने संस्थाको रुपमा लिने गरिन्छ । महिला जेसीजलाई १८ वर्षदेखि ४० वर्ष उमेर समूहका महिलाहरुलाई संगठित गर्दै सिक्ने र सिकाउने संस्थाको रुपमा छ । जेसीजमा लागेका महिलाहरुलाई तालिममार्फत् प्रशिक्षित, जिम्मेवारी र सिकाईका माध्यमबाट समाजमा हस्तान्तरण गर्नु मुख्य उद्देश्य हो । दाङ महिला जेसीजको सन् २०२१ को नेतृत्व ममता विष्ट डाँगीले गरेकी छिन् । उनी नेतृत्वमा आएपछि महिला जेसीज कसरी अघि बढिरहेको छ ? महिला जेसीजले यस वर्ष के–के काम गर्दै छ भन्ने विषयमा लिलाधर वलीले अध्यक्ष ममता विष्ट डा“गीसँग गरेको कुराकानीको सार संक्षेप ।

 दाङ महिला जेसीजको भूमिका के हो ?

 दाङ महिला जेसीज त्रिभुवननगर जेसीजले मातृत्व प्रदान गरेर सन् २००८ मा स्थापना भएको शाखा हो । जेसीज भन्नाले १८ देखि ४० वर्षसम्मका युवाहरुलाई सकारात्मक रुपमा परिवर्तन, व्यक्तित्व र नेतृत्व विकास गर्ने भन्ने बुझिन्छ ।

जेसीजको मर्म अनुरुप नै दाङ महिला जेसीजमा महिलाहरु धेरैभन्दा धेरै सहभागिता गराएर महिलाहरुको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गराई व्यक्तित्व विकास र उनीहरुको नेतृत्व विकासका लागि काम गर्दै आएको छ । समाजको लागि आवश्यक सक्षमवान् नेतृत्व उत्पादन गर्नु नै महिला जेसीजको उद्देश्य हो ।

 महिलाहरु जेसीजमा किन लाग्ने ?

 दाङ महिला जेसीज १८ देखि ४० वर्ष उमेर समूहका महिलाहरुको संस्था हो । यसले महिलाहरुको नेतृत्व, व्यक्ति र क्षमता विकासका लागि विभिन्न प्रकारका कामहरु विगत केही वर्षदेखि गर्दै आएको छ ।

दाङमा पनि महिला जेसीजले आत्माविश्वास, अन्तरनिहित समक्ष प्रष्फुटन गर्न, व्यक्तित्व विकास, व्यवसाय विकासलगायतका विभिन्न प्रकारका तालिम तथा प्रशिक्षणहरुसँगै सामाजिक सेवाका कार्यहरु गर्दै आएको छ । महिला जेसीजका यिनै कार्यहरुबाट प्रभावित भएर महिलाहरु यो संस्थामा आउने गर्नुभएको छ ।

 जेसीजलाई युवाहरुको संस्था भनिन्छ ? युवाहरुको विकासका लागि महिला जेसीजले के–के कामहरु गर्ने गर्छ ?

 जेसीज भनेको १८ देखि ४० वर्षसम्मको युवाहरुको संस्था हो । त्यसैले नै जेसीजलाई युवाहरुको संस्था भनिन्छ । युवाहरुको विकासका लागि महिला जेसीजले चारवटा व्यक्तिगत, सामुदायिक, व्यापार र अन्तर्राष्ट्रिय क्षेत्रमा रहेर काम गर्दछ । व्यक्तिगत भन्नाले व्यक्तित्व विकास गर्नका लागि विविध तालिमहरु, विभिन्न कार्यक्रमहरु हुने गर्दछ । जसमा कार्यक्रम संयोजक भनेर बोल्ने कलाको विकास हुन्छ ।

सामुदायिक क्षेत्रमा समुदायसँग सम्बन्ध गाँस्ने काम गर्दछ । व्यापार क्षेत्रमा जेसीज अन्तर्राष्ट्रिय संस्था भएकोले व्यापारिक सम्बन्ध जोडेर व्यवसाय फस्टाउन सकिन्छ । यसैगरी अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बन्ध विस्तार गरेर आफ्नो व्यापार, व्यवसायको सम्बन्ध विस्तारलगायतका विभिन्न कार्यहरु गर्दै आएको छ । जसले गर्दा जेसीजमा लागेका महिलाहरुको व्यक्तित्व र क्षमता विकासमा सहयोग पुगोस् भन्ने नै हो ।

 महिलाहरुको क्षमता तथा सिर्जनात्मक विकासका लागि के काम गर्दै हुनुहुन्छ ?

 दाङमा महिलाहरुको क्षमता तथा सिर्जनात्मक विकासका लागि धेरै कार्यक्रमहरु गर्दै आएका छौँ । महिला जेसीजले गर्ने भनेको महिलाहरुको व्यक्तित्व र क्षमता विकासका कामहरु नै हुन् । यसका लागि विभिन्न कार्यक्रमहरु गर्ने तयारीमा छौँ ।

त्यसका लागि विभिन्न निकायसँग समन्वय समेत गरिरहेका छौँ । कार्यक्रमहरुमा धेरै नयाँ साथीहरु समुदायमा गएर आत्मविश्वास साथ बोल्नसक्ने अवसरहरु प्राप्त हुन्छन् । जसमा जेसीजले बोल्न, नेतृत्व गर्न, व्यवसाय प्रबद्र्धनका लागि तालिम, लागूपदार्थ दुव्यर्सनी न्यूनीकरणका लागि सचेतनालगायतका विभिन्न कार्यक्रमहरु गरेर अघि बढ्ने गरेका छौँ ।

 महिला जेसीजलाई समाजसँग जोड्ने के काम गर्दे हुनुहुन्छ ?

 वास्तवमाम भन्नु पर्दा जेसीज सामाजिक संस्था होइन तर पनि आफ्नो सदस्यहरुको व्यक्तित्व, नेतृत्व विकास गराउनको लागि हामी समाजमा जानैपर्ने हुन्छ । त्यसैले हामी समुदायमा बालविवाह न्यूनिकरण, लागूपदार्थ दुव्र्यसनी न्यूनीकरण, राहत वितरण, उद्यमशीलतालगायतका कार्यक्रमहरु गरिसकेको छौँ ।

जेसीज सामाजिक संस्था नभए पनि हामीले समाजसँग जोडिएर काम गरिरहेका छौँ । किनकि समाजसँग जोडिएर महिलाहरुको नेतृत्व र क्षमता विकासलगायतका कामहरु गर्न जेसीजमा सहजता हुने गरेको छ । जसले गर्दा समाजमा सुधार गर्न होस् या समस्या पर्दा महिला जेसीज लाग्ने गरेको छ ।

 महिला जेसीजका चुचौतीहरु के–के देख्नुभएको छ ?

 समाजमा जुनसुकै काम गर्नका लागि केही न केही चुनौतीहरु हुने गर्दछन् । हामी महिला हौँ, यसमा हामी गर्व गर्छौं । किनभने अपार शक्ति, सहनशीलता, चुनौतीसँग जुझ्न सक्ने क्षमता हुन्छ । अर्काेतर्फ समयको व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको छ । जेसीज एउटा ख्यगिलतभभच+ँगलम विहीन संस्था हो ।

यसैले विविध कार्यक्रमहरु गर्नको लागि सौजन्य जुटाउनुपर्ने हुन्छ । यो हाम्रा लागि एउटा चुनौती छ । तर पनि हामी समन्वयका माध्यमबाट सहयोगी मनहरुलाई खोज्दै कार्यक्रमहरुलाई सफल बनाउन जुट्ने गरेका छौँ । कामका क्रममा आउने विभिन्न खाले समस्याहरु आए पनि हामीले समाधान गरेर अघि बढ्ने गरेका छौँ ।

 दाङ महिला जेसीजले गरेका नमुना कामहरु के–के हुन् ?

 दाङ महिला जेसीजले स्थापनाकालदेखि नै विभिन्न कार्यहरु गर्दै आएको छ । महिलाहरुको क्षमता विकास, सकरात्मक परिवर्तन, ऊर्जाशील, उद्यमशीलताका ऊर्जाशीललगायतका कामहरु गर्दै आएका छौँ । पछिल्लो पटक महिला जेसीजले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को समयमा पनि राहत वितरण कार्यक्रम गरेको थियो ।

यी कामहरुसँगै आगामी दिनहरुमा महिलाहरुलाई सिर्जनशील बनाउन, उनीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्न, महिलाहरुलाई नेतृत्वदायी भूमिकामा ल्याउनका लागि थप कार्यहरु गर्ने योजनामा छौँ ।

 महिला जेसीजको भावि योजनाहरु के–के छन् ?

 महिला जेसीजले वार्षिक कार्यतालिका बनाएरै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । जेसीजको एक वर्षको कार्यकाल हुने भएकाले पनि एक वर्षको अवधिमा धेरै कार्यहरु गर्नुपर्ने हुन्छ । महिला जेसीजका भावि योजनाहरु सक्षम÷कुशल नेतृत्वहरु उत्पादन गर्नको लागि विविध कार्यक्रमहरु गर्ने र त्यसमा धेरैभन्दा धेरै महिलाहरुलाई सहभागी गराउने योजना छ ।

त्यस्तै महिला जेसीजले बदलिँदो समयमा महिलाहरुलाई थप सिर्जनशील बनाउनका लागि पनि कार्यक्रम गर्ने सोचमा रहेको छ । त्यसका लागि महिला सदस्यहरु बढाउने, महिला जेसीजको आफ्नै भवन भए पनि त्यसको थप संरक्षण गर्नुपर्ने दायित्व छ । दाङ महिला जेसीजको सचिवालयको भौतिक संरचनासँगै महिलाहरुको क्षमता तथा नेतृत्व विकासका लागि विभिन्न कार्यक्रमहरु गर्ने सोचमा छौँ ।

 जेसीजलाई आर्थिक रुपमा सम्पन्न व्यक्तिहरुको संस्था भन्ने गरिन्छ, वास्तविकता के हो ?

 बाहिरबाट देख्दा जेसीजलाई जसरी बुझिन्छ, जेसीजभित्र पसेर त्यसको गहिराई बुझेपछि मात्र थाहा हुन्छ । जेसीज हुनेखानेहरु आबद्ध हुने संस्थाभन्दा पनि परिवर्तन, नेतृत्व र क्षमता विकास गर्न चाहाने युवाहरु आबद्ध हुने संस्था हो । यो संस्थामा आबद्ध भइसकेपछि हुनेखाने भइन्छ पनि । हुनेखाने यो मानेमो कि आफ्नो व्यापार व्यवसाय अन्तर्राष्ट्रिय स्तरसम्म गर्न सकिने क्षमता विकास गर्न सकिन्छ ।

त्यस्तै आफूभित्र विभिन्न सीप विकास, विभिन्न क्षमता विकास गरेर आफूलाई समृद्ध बनाउने बाटो पहिल्याउन सकिन्छ । यो सबै जेसीजले सहयोग गर्ने गर्छ । अन्तर्राष्ट्रिय नेटवर्क भएकोले कोही वेरोजगार बस्नु पर्दैन जेसीजममा आवद्ध भएपछि, आत्मविश्वास, आत्मानिर्भर बन्न सिकाउँछ । त्यसैले जेसीजमा आबद्ध भएपछि आर्थिक रुपमा सम्पन्न हुन सकिन्छ भन्न खोजिएको हो ।

 अन्त्यमा के भन्न चाहनुहुन्छ ?

 जेसीज एउटा खुला विश्वविद्यालय हो । जेसीजमा धेरै अवसरहरु छन् । कसरी त्यसलाई हामीले लिन सक्छौँ । महिला दिदीबहिनीहरु जो १८ देखि ४० वर्षका हुनुहुन्छ आफूलाई सक्षम रुपमा व्यक्तित्व र नेतृत्व विकास गर्न चाहनेहरुलाई दाङ महिला जेसीज स्वागत गर्न चाहन्छ । सम्पूर्ण महिला दिदीबहिनीहरुलाई के भन्न चाहन्छु भने महिला हुनुमा गर्व गरौँ किनभने हामीले चाहे जे पनि गर्न सक्छौँ ।

हाम्रो सोचलाई खुला रुपमा फराकिलो बनाउन आवश्यक छ । हामी आर्थिक, सामाजिक, पारिवारिक, राजनैतिक हरेक क्षेत्रमा अग्रसर बन्न सक्छौँ । त्यसका लागि सर्वप्रथम आफूभित्रको ‘म’ चिन्नु पर्छ र त्यही ‘म’को माध्यमबाट आफूम परिवर्तन गर्नुपर्छ । अन्त्यमा फेरि पनि दाङ महिजा जेसीजका गतिविधिहरुसँगै व्यक्तिगतहरु रुपमा विचार राख्ने अवसर दिनुभएकोमा धन्यावाद दिन्छु ।

गोरक्ष दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*