Home / Feature Breaking news / राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउन भूमीका खेल्यौ, अब थप व्यवस्थित गर्ने छौँः खनाल
फाईल तस्वीर

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउन भूमीका खेल्यौ, अब थप व्यवस्थित गर्ने छौँः खनाल

घोराही, १९ कार्तिक

प्रदेश सभा सदस्य पदका उमेद्वार राजु खनालले राप्तीको गहनाको रुपमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रतिष्ठानको अवधारण अनुसार सेवा सुविधा र शैक्षिक कार्यक्रम सुरुवात गर्न आवश्यक रहेको बताउनुभएको छ ।

घोराहीमा आयोजित व्यवसायीको बृहत भेलालाई सम्बोधन गर्दै खनालले स्वास्थ्य क्षेत्रको एक धरोहरको रुपमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गुणस्तरिय सेवा सुविधासँगै शैक्षिक कार्यक्रम सुरुवात गर्न आवश्यक रहेको बताउनुभयो ।

महेन्द्र अस्पताल रहेको समयमा स्तरबृद्धि गरेर राप्ती उपक्षेत्रिय अस्पताल बनाउन र त्यसपश्चात राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनकलागी आफूले पहल गरेको भन्दै खनालले प्रतिष्ठानको सेवा सुविधालाई फराकिलो बनाउदै शैक्षिक कार्यक्रम सुरु गर्न आवश्यक भएकाले त्यसकालागी आफू लागीपर्ने उहाँको भनाई थियो ।

‘महेन्द्र अस्पताल हुँदा राप्ती उपक्षेत्रिय अस्पताल बनाउन र उपक्षेत्रिय अस्पताल हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन मेरो पनि ठूलो भूमीका छ’ खनालले भन्नुभयो– ‘आफूले स्तरबृद्धि गरेको संरचनालाई सफल रुपमा सञ्चालन गर्नकालागी फेरि पनि हाम्रो भूमीका आवश्यक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*