भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै भएको ठगी प्रकरणको अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खाणलाई पक्राउ गरेको हो। परिसर स्रोतले खाणलाई काठमाडौं चाबहिलको मैजुबहालस्थित घरबाट पक्राउ गरिएको जनाएको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा उठाएर ठगी गरेको प्रकरणमा खाण पनि संलग्न रहेको बाहिरिएको थियो।
प्रहरीका अनुसार खाणलाई पैसा बुझाएको भन्ने बिचौलियाहरुको ‘बयान’ सम्मेलित अडियोको अनुसन्धान गर्दा केही ‘तथ्य’हरु फेला परेपछि खाणलाई पक्राउ गरिएको हो।
RaptiSandesh RaptiSandesh