Home / समाचार / शिक्षामा खारिएका भण्डारी खानेपानीमा आउदै

शिक्षामा खारिएका भण्डारी खानेपानीमा आउदै

घोराही, २५ माघ
घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सदस्य पदका अकाए उमेद्वार हुन्ः नारायणप्रसाद भण्डारी ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ सुपर टोल निवासी भण्डारी माघ २६ गते हुने घोराही खानेपानीको कार्यसमितिमा सदस्य पदकालागी चुनावी मैदानमा छन् ।

वडा नागरिक मञ्च घोराही उपमहानगरपालिका वडा नम्बर १५ को संयोजक भएर काम गरिसकेका भण्डारी लामो समय शिक्षण पेशामा आवद्ध थिए । शिक्षण पेशाबाट निवृत भएपछि उनी सामाजिक कार्यमा रहेका छन् ।

मावि श्रीवारी, हमेन्द्र मावि तापा, प्रावि फाँटामा उनले लामो समय अध्यापन गरे । यस्तै मावि श्रीवारी काभ्रेको विद्यालय व्यवस्थापन समितिको सदस्य र प्रावि तापाको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेको अनुभव पनि उनीसँग छ ।

यस्तै विभिन्न विकास निर्माणका काममा उपाभोक्ता समितिको अध्यक्ष भएर काम गरेका भण्डारी खानेपानीको क्षेत्रमा केही गर्नकालागि सदस्य पदमा उमेद्वारी दिएको बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*