घोराही, ६ फागुन
नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ को चौथो दिन दर्शकहरुको घुईचो लागेको छ । प्रदर्शनीको चँैथो दिन शिवरात्रीको दिन दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा महोत्सवको चौथोदिन करिब ९ हजार बढि दर्शकहरुले महोत्सवको अवलोकन गरेको सचिवालय संयोजक लब अधिकारीले जानकारी दिनुभयो ।
चौथो दिन गायीका टीका प्रसाईले दर्शकहरुलाई मनोरञ्जन दिएकी थिईन् । गायीका प्रसाईले आफ्ना चर्चीत गीतहरु प्रस्तुत गर्नुभएको थियो । उहाँले ‘नाई मलाई थाहा छैन, माया लुकी लुकी, तम्रा आँखा गाँजले, सीधा बोले भैगो नि’ लगायतका गीतहरु प्रस्तुत गर्नुभयो । उहाँसँगै चौथो दिन प्रकाश रेग्मी, कला लम्साल, एम.टी महर, प्रकाश प्रीय कुसुम्या लगायतका कलाकारहरुले प्रस्तुति राख्नुभएको थियो ।
चौथो दिन भएको ॐ संगीत कला केन्द्र र बंगलाचली गाँउपालिकाबीच भएको प्रतियोगीतामा बंगलाचुली गाँउपालिका बिजयी भएको छ भने पाँचौ दिन आईतवार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङ र बबई गाँउपालिका एवं राप्ती दोहोरी साँझ र देउराली दोहोरी साँझबीत प्रतिस्पर्धा हुने सांस्कृतिक संयोजक सुरज बुढाथोकीले जानकारी दिनुभयो ।
यस्तै लोक नृत्य प्रतियोगीता अन्तरगत शनिवार मावि निघुवार हापुर र गोदाबरी बोडिङ स्कूलको प्रस्तुति रहेको थियो भने आईतवार ज्ञानज्योति बोडिङ स्कूल घोराही, यूनिक मीड वेस्टर्न नारायणपुर र महेन्द्र मावि तुलसीपुरको प्रस्तुति रहने उहाँले जानकारी दिनुभयो ।
प्रदर्शनीमा कृषी तथा साना एवं घरेलु उद्योगबाट उत्पादित वस्तुहरुको स्टल र व्यवसायीक स्टल, बाल उद्यान रहेका छन् ।
आईतवार ज्योति मगर आउने
महोत्सवको चौथोे दिन आईतवार लोकदोहोरी गायीका ज्योति मगर आउनुहुने भएको छ । प्रत्यक दिनजस्तै आईतवार राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । जसमा गायीका ज्योति मगर, गायक पुस्कल शर्मा, मोडल टीका जैसी, श्रृजना मगर, लक्ष्मीमान चौधरी लगायतको प्रस्तुती रहने छ ।