Home / Feature Breaking news / गठबन्धनका उम्मेदवारसँग आफ्ना समस्या राख्दै मतदाता

गठबन्धनका उम्मेदवारसँग आफ्ना समस्या राख्दै मतदाता

घाेराही, १३ कार्तिक । घाेराही उपमहानगरपालिका वडा नं १४ जनमैत्री टाेलका स्थानीयहरूले आफ्ना समस्याहरू गठबन्धनका उम्मेदवारहरूसँग राखेका छन् ।
उनीहरूले गठबन्धनका उम्मेदवारहरूले जिते मात्र विकास र समृद्धि सम्भव भएकाले आफूहरूले विजय गराउन सहयाेग गर्ने प्रतिबद्धता समेत जनाए ।

जनमैत्रि टाेलकि उपाध्यक्ष मनिराम वलीले यहाँका जनतालाई जिविका चलाउन गाह्राे भएकाे बताउनुभयो । उहाँले यहाँको सडककाे अवस्था नाजुक भएकाे, पुल देखि बस्तीसम्म आउने बाटाे ग्राभेल गर्नुपर्ने, नाला नहुँदा समस्या भएकाे, विजुलीका तारकाे उचित व्यवस्थापन गर्न आवश्यक भएकाे जानकारी दिनुभयाे ।

त्यसैगरी अर्का स्थानीय खाेलाकाे किनारमा तटबन्ध गर्न आवश्यक भएकाे बताउनुभयाे ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रेखा शर्माले गठबन्धनको विजय पछि मात्र समृद्धि सम्भव भएकाे बताउनुभयो । उहाँले महिला, दलित, जनजाति र पछाडि पारिएका वर्गकाे हितका लागि गठबन्धन कतिबद्घ भएकाे बताउनुभयाे ।

प्रदेशसभा सदस्य दाङ २ (१) का उम्मेदवार राजु खनालले गठबन्धनको विजय निश्चित भएकाे बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*