Home / Feature Breaking news / कोरोनासँग लड्न महिला सामुदायिकद्वारा दाङ र प्यूठानमा ८ लाख बढि सहयोग

कोरोनासँग लड्न महिला सामुदायिकद्वारा दाङ र प्यूठानमा ८ लाख बढि सहयोग

दाङ, ८ वैशाख

कोरोना भाईरस (काभिड–१९) को संक्रमण फैलनबाट रोक्नकालागि सरकारले घोषणा गरेको लकडाउनको समयमा हुन सक्ने खाद्यान्य अभावलाई मध्यनजर गर्दै महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेडले नगद र  खाद्यान्य सहयोग थालेको छ । आफ्नो कार्यक्षेत्र रहेका स्थानीय तहहरुलाई खाद्यान्न हस्ताणतरण गरिएको छ । पहिलो चरणमा दाङ र प्यूठानमा नगद सहित खाद्यान्न सहयोग गरिएको हो ।

कोरोना भाँईरसका कारण भएको विपदको समयमा  समुदायमा रहेका बिपन्न, सिमान्तकृत तथा दैनिक ज्याला मजुदुरी गरि खाने ब्यक्ति, समुदायमा तथा संस्थामा आवद्ध बिपन्न, सिमान्तकृत तथा जनजाती सदस्यहरुलाई सहयोग प्रदान गर्ने उदेश्यले दाङ र प्यूठानका विभिन्न स्थानीय तहलाई सहयोग हस्तान्तरण गएिको संस्थाका प्रमुख कार्यकारी निर्देशक बिमला योगीले जानकारी दिनुभयो । दुई जिल्लाका स्थानीय तहहरुलाई ७ लाख ३० हजार ७ सय बराबरको सहयोग अनुदान प्रदान गरिएको छ ।

दाङमा ४ लाख ३८ हजार रुपैया, प्यूठानमा २ लाख ९२ हजार ७ सय रुपैया र शसक्तिकरणका लागी शिक्षा कार्यक्रम अन्तर्गतका बालबालिकाको परिवारलाई एक लाख बराबरको खाद्यान्य र नगद गरि ८ लाख ३० हजार ७ सय रुपैया बराबरको अनुदान सहयोग गरिएको योगीले जानकारी दिनुभयो ।

दाङको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका बबई गाँउपालिका, दंगिशरण गाँउपालिका, शान्तिनगर गाँउपालिका, राजपुर गाँउपालिका, गढवा गाँउपालिका र  राप्ती गाँउपालिका र प्यूठानको स्वर्गद्धारी नगरपालिका, प्यूठान नगरपालिका, नौबहिनी गाँएपालिका, ऐरावति गाँउपालिका, मल्लरानी गाँउपालिका, सरुमारानी गाँउपालिका र झिमरुक गाँउपालिकामा खाद्यान्य सँगै स्थानीय तहको विपद ब्यवस्थापन कोषमा नगद सहयोग गरिएको योगीले जानकारी दिनुभयो ।

4

‘यो विपदको समयमा महिला सामुदायिक स.स्थाबाट केही सहयोग गर्नृ सकिन्छ कि भनेर हामीले छलफल ग¥यौ र सोही अनुसार दाङ र प्यूठानको स्थानीय तहलाई नगद र खाद्यान्यसँगै स्वास्थ्य सामाग्रीहरु सहयोग गरेका छौ’ योगीले भन्नुभयो– ‘एकद्वार प्रणाली अपनाउनकालागि स.स्थाको तर्फबाट स्थानीय तहलाई सहयोग हस्तान्तरण गरेका हौँ ।’

आर्थिक सहयोगसँगै विपतको समयमा दाङ, सल्यान, प्यूठान, रोल्पा, कपिलबस्तु र रुपन्देही जिल्लाहरुमा सामुदायिक सचेतना प्रदान गरि सामाजिक सदभाब तथा कोरोना भाइरसबाट बच्न सकिने विषयमा सर्वसाधारणहरुलाई सचेतना बनाउने काम पनि भएको  संस्थाले जानकारी दिएको छ ।

2

महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेडले दाङको घोराही उपमहानगर पालिकालाई हात धुने साबुन खरिदकालागि नगद ४५ हजार ६ सय रुपैया, तुलसीपुर उपमहानगर पालिकाकालाई १५ क्विन्टल चामल, शान्तिनगर गाउँपालिकालाई ११ क्वीन्टल चामल, दगिशरण गाउँपालिकााई १० क्वीन्टल चामल, बबई गाउँपालिकार्ला १० क्वीन्टल चामल, राजपुर गाउँपालिकालाई १० क्वीन्टल चामल हस्ताणतरण गरिएको छ ।

यसैगरि  लमही नगरपालिकाको बिपत ब्यवस्थापन कोषमा ५० हजार, राप्ती गाउँपालिका दाङको बिपत ब्यवस्थापन कोषमा नगद ५० हजार र गढवा गाँउपालिकाको विपद व्यवस्थापन कोषमा छ हजार नगद रकम सहयोग गरिएको संस्थाका बरिष्ठ प्रबन्धक श्री लोकमणी रेग्मीले बताउनुभयो ।

प्यूठानको स्वर्गद्धारी नगरपालिको बिपन ब्यवस्थापन कोषमा नगद ५० हजार रकम जम्मा गरिएको छ भने प्यूठान नगरपालिकालाई मास्क खरिदकालागि नगद ३५ हजार र खाद्यान्य खरिदकालागि नगद ३५ हजार रुपैया गरि कुल ७० हजार रुपैया नगद सहयोग गरिएको छ ।

3

नौबहिनी गाउपालिकामा खाद्यान्य खरिदकालागि नगद ३७ हजार ७ सय रुपैया, मल्लरानी गाउँपालिकामा खाद्यन्न खरिदकालागि नगद ३० हजार, ऐरावती गाउँपालिकामा मास्क खरिदकालागि नगद ५० हजार, झिमरुक गाउँपालिकामा मास्क खरिदकालागि नगद २५ हजार र सरुमारानी गाउँपालिकामा खाद्यन्न खरिदकालागि नगद ३० हजार सहयोग गरिएको रेग्मीले बताउनुभयो । संस्थाका प्रतिनीधीहरको उपस्थितिमा अनुदान सहयोग प्रदान गरिएको रेगमीले जानकारी दिनुभयो ।

संस्थाको कार्यक्षेत्र रहेका अन्य स्थानिय निकायसँग समन्वय गरि आर्थिक, खाद्यान्नं तथा अन्य सहयोग गर्ने तयारीमा रहेको संस्थाका बरिष्ट प्रबन्धक पवन योगीले जानकारी दिनुभयो ।

शसक्तिकरणका लागी शिक्षा कार्यक्रम अन्तर्गत एक लाख सहयोग

महिला सामुदायिक सेवा केन्द्र द्धारा संचालित शसक्तिकरणका लागी शिक्षा कार्यक्रम अन्तर्गत औपचारिक शिक्षा कार्यक्रममा सहयोग गरी रहेको बालबालिकाहरु तथा उनीहरुको परिवारलाई एक लाख बराबको राहत वितरण गरेको छ ।

कोरोना भाईरसको समयमा भएको लकडाउनका कारण उनीहरुको परिवारलाई अप्ठेरो नपरोस् भनेर सहयोग गरिएको कार्यक्रम अफिसर लक्ष्मी गुप्ताले जानकारी दिनुभयो ।

१२ जना द्धन्द प्रभावित, विस्थापित, दलित तथा पछाडि पारिएका समुदायका परिवारका बालबालिकाहरुलाई प्रतिघर २५ के.जी. चामल, ५ के.जी दाल, च्युरा २ के.जी., तेल २ लिटर, साबुन ३ पिस वितरण गरिएको थियो । साथै ४ परिवार लाई प्रति परिवार नगद २ हजार ५ सयका दरले सहयोग प्रदान गुप्ताले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*