Home / साहित्य विशेष / तिमी फर्कि आऊ

तिमी फर्कि आऊ

बोधराज रेग्मी

तिलको बढाई चढाई हुदैंछ तिमी फर्कि आऊ ।
सच्चा कच्चा को लडाई हुदैछ तिमी फर्कि आऊ ।।

पेल्नुपर्छ खराब लाई झेल्नु पर्छ सराप लाई
उनिहरूकै रजाईं हुदैछ तिमी फर्कि आऊ ।

खुसी हुन्छन् दुस्मन हरु, रुन्छन् कोमल मनहरु
सत्यको बसाई सराई हुदैछ तिमी फर्कि आऊ ।

इमानदारी जिम्मेवारी, किन हुन्छ यति भारी ?
आफ्नै भन्ने नि पराई हुदैछ तिमी फर्कि आऊ ।

न्याय मिल्ला सच्चा लाई नमिल्ला कच्चा लाई
सही गलत ठहराई हुदैछ तिमी फर्कि आऊ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*