Home / Feature Breaking news / दाङमा चट्याङ लागेर ३ बालककाे मृत्यु

दाङमा चट्याङ लागेर ३ बालककाे मृत्यु

दाङ, १० असार

चट्याङ लागेर दाङमा ३ जनाकाे मृत्यु भएकाे छ ।

जिल्लाकाे राप्ती गाँउपालिका- ४ माैरीघाटमा चट्याङ लागेर ३ जना बालकहरूकाे मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

घर नजिकै रहेकाे जामुना टिप्नकालागी रूखमा चढेकाे समयमा चट्याङ लागेर ११ बर्षका रमीत चाैधरी, ११ बर्षकै विनास चाैधरी र १३ बर्षका साजन चाैधरीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।

बेलुका करिब साढे ६ बजे भएकाे घटनामा परि ८ बर्षका अविनास चाैधरी घाईते भएकाे र उनकाे स्थानीय अस्पतालमा उपचार भईरहेकाे प्रहरीले बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*