Home / Feature Breaking news / नुवाकोट बस दुर्घटना : ३ जनाको मृत्यु‚ २३ घाइते

नुवाकोट बस दुर्घटना : ३ जनाको मृत्यु‚ २३ घाइते

नुवाकोटमा बिहीबार भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । विदुर नगरपालिका ४ बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्काले बताए ।

दुर्घटनामा परी २३ जना घाइते भएको र घाइतेहरूको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको डीएसपी खगेन्द्र खड्काले बताए ।

मृत्यु हुनेमा विदुर नगरपालिका ३ का ६३ वर्षीय बाबुराम दर्जी नेपाली, का ७८ वर्षीय रामप्रसाद अर्याल र एक जना महिलाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । उनका अनुसार बस सडकबाट २० फिट तल खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*