Home / Feature Breaking news / विकासमा विभेद गर्नेलाई वडाबाटै दण्डित गर्न गठबन्धनको आग्रह

विकासमा विभेद गर्नेलाई वडाबाटै दण्डित गर्न गठबन्धनको आग्रह

दाङ,१५ बैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा गठबन्धनले चुनावी प्रचारप्रसारसँगै मतदाता भेट्घाटलाई तीव्रता दिएको छ । नगरका विभिन्न वडाका मतदातसँग भेटघाटसँगै उम्मेदवारहरुले आफ्ना एजेण्डाहरु राख्ने गरिहेका छन् ।

चुनावी प्रचारप्रसारका क्रममा हुने कार्यक्रमहरुलाई सम्वोधन गर्ने बक्ताहरुले घोराही उपमहानगरपालिकाको विगत पाँच बर्षको अवधिमा भएका बेतिथि, भ्रष्टाचार र अनियमितालाई रोक्नकालागि जनतालाई गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरेका थिए । उनीहरुले विकासमा विभेद गर्नेलाई जनताले आउने चुनावमा वडाबाटै दण्डित गर्नुपर्नेमा जोड दिएका थि ए ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा माओवादीकी स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री रेखा शर्माले निर्वाचनका क्रममा जनतालाई सचेत बन्न मतदान गर्न आग्रह गरिन । उनले जनतालाई कसैको लोभ र प्रलोभनमा नपरेर परिर्वन चाहने गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरिन । ‘यो निर्वाचन परिवर्तन चाहने शक्ति र यथास्थीतिमा रमाउने शक्तिविचको लडाइ हो’,उनले भनिन्,‘त्यसैले परिवर्तनका लागि लड्ने गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुहोला । यथास्थीतिमा रमाउनेलाई दण्डित गर्नुहोला ।’

उनले मतदानका क्रममा जनतालाई कांग्रेस र माओवादीका उम्मेदवार भनेर नसम्झन आग्रह गर्दै गठबन्धनका उम्मेदवार सम्झेर मतदान गर्न आग्रह गरिन । ‘देशको परिस्थीति बद्लिदा केन्द्रमा माओवादी र प्रदेशमा कांग्रेसको सहयोगमा सरकार बनेको सवैलाई थाहा छ । त्यहाँ हामीले पनि हस्ताक्षर र मतदान गरेर सकार बनाएका हौ’,उनले भनिन्,‘अव दुवै पाटी मिलेर स्थानीय सरकार बनाउने समय आएको छ । यहाँ सवै मिलेर मतदान गर्नुहोला र गठबन्धनका उम्मेदवार जिताउनुहोस ।’

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति बिरकेश्वरी गौतमले घोेराही उपमहानगरपालिकाको समृद्धिसँगै जनतालाई सहज सेवाका लागि गठबन्धनलाई जिताउन आवश्यक रहेको बताए । विगतमा जितेका जनप्रतिनिधिले विग्रेको गाडीमा तेल हास्नेदेखि अस्वभाविक रुपमा भ्रमण गरेर उपमहानगरपालिकामा भष्टाचारको जग बसाल्ने काम गरेको भन्दै मतदातालाई सचेत बन्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै गठबन्धनकातर्फबाट घोराही उपमहानगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार हेमराज शर्माले पोख्रेल (डायमण्ड)ले घोराही उपहानगरपालिकाको समृद्धिसँगै रोजगारीका अवसरहरु सिर्जनाका लागि गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरे । उनले गठबन्धनले जिते घोराहीमा भएको असमान विकासको बजेट वितरणलाई हटाउदै नगरका सवै क्षेत्रमा समान रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यसका लागि शिक्षा, स्वास्थ्य कृषि क्षेत्रको विकासलाई प्राथामिक्तामा राखेर काम गर्ने बताए ।

उपमेयर पदका उम्मेदवार नेपाली कांग्रेसका नेता भुपबहादुर डाँगीले घोराही उपहानगरपालिकाको विकाससँगै सुशासनका जग बसाल्न गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । उनले पाँच बर्षको अवधिमा विकासभन्दा भष्ट्राचार र विभिन्न काण्डहरु मच्याउने काम मात्रै भएकाले अहिले मतदान गर्दा जनतालाई सचेत बन्न आग्रह गरेका हुन ।

सयुक्त गठबन्धन परिचालन समितिकाको आयोजनामा घोराही उपमहानगरपालिका वडा नं. ५ को धर्ना, वडा नं. ६ को गुरुवागाउँलगायतका विभिन्न ठाउँहरुमा भएको भेलालाई नेपाली कांग्रेसका लुम्विनी प्रदेश सदस्य पवन नेपाली, घोराही उपमहानगरपालिका वडा नं. ६ का निवर्तमान वडा अध्यक्ष तथा वडा पदका उम्मेदवार रेबबहादुर बुढाथोकी, वडा नं. ५ का सभापति तथा वडा अध्यक्ष पदका उम्मेदवार बिष्णुमणि दाहाल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि बिना बिसी, नेपाली कांग्रेसका घोराही उपमहानगरपालिका–६ का सभापति धनबहादुर पुन, नेकपा माओवादी धर्नाका इन्चार्ज मदन डाँगी, राष्ट्रिय जनमोर्चाका बलदेव विश्वकर्मालगायतले सम्वोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*