Home / Feature Breaking news / घोराहीमा गठबन्धनको साझा प्रतिबद्धतापत्र सार्वजनिक

घोराहीमा गठबन्धनको साझा प्रतिबद्धतापत्र सार्वजनिक

दाङ, १६ बैशाख । स्थानीय तह निर्वाचन २०७९ का लागि घोराही उपमहानगरपालिकामा गठबन्धनको साझा प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ ।

घोराही उपमहानगरपालिका-१७ मा आयोजना गरिएको सयुक्त चुनाव प्रचारप्रसार कार्यक्रममा नेकपा माओवादीका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महरा,नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति राजु खनाल,माओवादीका केन्द्रीय सदस्य निर्मल आचार्य,घोराही उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार हेमराज शर्मा र उपमेयरका भुपबहादुर डागीलगायतले नगरको बिकासका लागि तयार गरेको साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

नेपाली कांग्रेसका इकाइ सभापति बुझौना चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति बिरकेश्वरी गौतम,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यलागयका बक्ताहरुले सम्बोधन गरेका थिए । जनमोर्चाका मनिराम खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण माओवादीकी रेमन्ता पुनले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*