Home / Feature Breaking news / छोराछोरीसँगै विद्यालय…

छोराछोरीसँगै विद्यालय…

पार्वती बस्नेत
सल्यान,९ चैत । शिक्षा हासिल गर्न उमेरले छेक्दैन् भन्ने उदाहरणहरु पछिल्लो समय प्रशस्त देखिने गरेका छन । गतवर्ष मात्र नायिका करिश्मा मानन्धर र माननिय शान्ता चौधरीले एसईई परिक्षा पास गरेपछि पढन्लाई उमेर बाधक हुदैन भन्ने एक किसिमको तरगं नै फैलियो ।

शान्ता र करिश्मा उदाहरण मात्र हुन पछिल्लो समय उमेरमा पढ्न नपाएका धेरै मानिसहरु पढ्न थालेका छन । त्यस मध्य एक जना हुन सल्यानका गोबिन्द रकाल । सानोमा घरायासी समस्याकाक कारण पढ्न नपाएका रकाल गतबर्षदेखि अध्ययन सुरु गरेका छन । उनले सल्यानको त्रिबेणी गाँउपालिका–२ गैरागिरीमा रहेको राधेश्याम माध्यामिक विद्यालयमा कक्षा ९ मा भर्ना अध्ययन सुरु गरेकाक छन ।

त्रिबेणी गाँउपालिका–१ काभ्रा रामबजारमा बस्दै आएका रकाल आफ्ना साना एलकेजी र दुई कक्षामा पढ्ने छोराछोरीसँगै हरेक दिन विद्यालय जाने गरेका छन । शिक्षाप्रतिको मोहका कारण उनी दैनिक २ घण्टाको उकालो हिडेर ३५ बर्षको उमेरमा कक्षा नौ पढ्दैछन ।

उनले काभ्रा रामबजार नजिकै ३ वटा पोखरीमा माछापालन ब्यावसाय गर्दै आएका छन् । ८५ हजार लगानीबाट शुरुवात गरेको उनको माछापालन ब्यावसाय गर्न थालेको ५बर्ष भयो । करिब ६ बर्ष भारत बसेर आफनो ठाँउ फर्किएका उनी आर्थिक अभावकै कारण पुन बैदेशिक रोजगारीका सिलसिलामा दुबई पुगे । चार बर्ष दुवई बसेका उनले १५ लाख रुपैया कमाए । त्यही रकमबाट माछापालन र बाख्रापालन व्यवसाय सुरु गरेका उनले अहिले बार्षिक ६लाखसम्म आम्दानी गर्ने गरेका छन ।

काभ्रा रामनगरमा एक्लै माछापालन व्यवसाय गर्दै आएका उनले राम्रो आमदानी समेत लिने गरेका छन । उनले उत्पादन गरेका माछाहरु सल्यानका लुहाम,काभ्रा, रिखे बजारलगायतका ठाउँहरुमा खपत हुने गरेको छ । त्यस्तै उनले बाख्रापालन समेत गर्दै आएका छन ।

गाउँमा अव्वल दर्जाको किसान भएपनि एसइई पास नहुँदा विभिन्न अवसरबाट समेत बञ्चित हुनु परेको छ उनलाई । त्यही अवसरबाट बञ्चीत भएको उनले अहिले पढाईलाई सुरु गरेका छन । नेपाल प्रोजेक्टले किसानहरुलाई बैदेशिक भ्रमणमा पठाउने एकाले त्यो अवसरलाई समेत उपभोग गर्नका लागि अध्ययन सुरु गरेको बताउने गरेका छन ।

नेपालमा कृषिको राम्रो सम्भावना रहेको त्यसबाट राम्रो आम्दानी समेत लिन सकिने उनी बताउँछन । त्यसका लागि सरकारले कृषि पेशा व्यवसायको आधुनिकरणसँगै किसानको क्षमता विकासका लागि लगानी गर्न आवश्यक रहेको बताए । ‘अहिले पनि कृषि व्यवसायलाई सम्मानको व्यवसायको रुपमा लिने गरिदैन’,उनले भने,‘जसले गर्दा नयाँ पुस्ता कृषिप्रति जागरुक छैन ।’ कृषि व्यवसायमा नयाँ पुस्ताको आकर्षण बढाउन कृषिलाई सम्मानित पेसाक रुपमा विकास गर्नुपर्ने समेत बताका छन । नयाँ पुस्तालाई माटोप्रतिको मोह सिकाउन कोही पनि बेरोजगारीका कारण विदेशीनु नपर्ने उनी बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*