Home / Feature Breaking news / घोराहीमा कुपोषितको उपचार केन्द्र स्थापना

घोराहीमा कुपोषितको उपचार केन्द्र स्थापना

घोराही, १३ माघ । घोराहीमा कडा कुपोषित बालबालिकाको उपचार केन्द्र स्थापना गरिएको छ । उपमहानगरपालिका वडा नम्बर १४ नयाँ बजार तीनकुने चोक रहेको शहरी स्वास्थ्य केन्द्रमा कडा कुपोषण भएका बच्चाहरुको उपचारका लागि एकिकृत व्यवस्थापन बहिरंग उपचार केन्द्र स्थापना गरिएको हो ।

सुआहाराको सहयोगमा नयाँ बजार शहरी स्वास्थ्य केन्द्रमा स्थापना गरिएको बहिरंग उपचार केन्द्रको आज नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभएको छ । घोराही १७ बेलभारका एक कुपोषित बच्चालाई पोषिलो तयारी खाना हस्तान्तरण गरि उपचार केन्द्रको उद्घाटन गरिएको हो ।

वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले स्वास्थ्य नै सम्पत्ती भएको भन्दै गर्भदेखी नै विषेश स्याहारको आबस्यकतामा जोड दिनुभयो । खानपान, पोषण, गर्भअबस्थामा आईरन चक्कीको प्रयोग, पूर्ण स्तनपान र ६ महिना पछी थप पोषिलो आहार खुवाउन नगर प्रमुख चौधरीले सबैलाई अपिल समेत गर्नुभएको छ ।

त्यसैगरी कार्यक्रममा नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले कुपोषित बालबालिकाको उपचार मात्रै नभई जनचेतना समेत जगाउने बताउनुभयो । स्वस्थ बाँच्न पाउने मानवको नैसर्गीक अधिकार भएको भन्दै त्यसका लागि पहिले अभिभाबक जिम्मेवार हुनु पर्नेमा जोड दिनुभयो ।

नगर स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती, वडा सदस्य फुलमती नेपाली, जेष्ठ नागरिक संघ वडा नम्बर १४ का अध्यक्ष चित्रकान्त आचार्य, सृजनशिल टोल विकास संस्थाका अध्यक्ष यमप्रसाद खरेल र नगरका महिला स्वास्थ्य स्वयमसेविका अध्यक्ष बिणा खनालले स्वास्थ्यको हेरचाहलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

सुआहाराका मातृशिसु अधिकृत आनन्द कर्णले यस अघि नगरको रामपुर शहरी स्वास्थ्य प्रर्बद्धन केन्द्र र ढिकपुर स्वास्थ्य चौकीमा पनि यो सेवाको सुरुवात गरिएको जानकारी दिनुभयो । कुपोषित बालबालिकालाई निशुल्क आबस्यक पोषिलो तयारी खाना, परामर्श, उपचारको सेवा दिईने जानकारी दिनुभयो ।

साथै सुआहाराले बहिरंग उपचार केन्द्रमा निशुल्क पोषिलो उपचारात्मक खाना, उचाई बोर्ड, तौल मेसिन र पाँखुरा नाप्ने स्केल समेत उपलब्ध गराएको छ । कार्यक्रमको सहजिकरण संस्थागत परिवार नियोजन क्यिनिकका प्रमुख राधा पौडेलले गर्नुभएको थियो ।
ब्ततबअजmभलतक बचभब

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*