Home / Feature Breaking news / समीक्षको कसीमा गायक बस्नेत

समीक्षको कसीमा गायक बस्नेत

दाङ । मञ्चको अघि उनकै स्वरको गीत । पछाडी भागमा समीक्षक डा. गोविन्द आचार्यको कसीमा थिए गायक तथा पत्रकार देवेन्द्र बस्नेत । शनिवार लेखक संघ दाङको सभाहलमा गायक बस्नेतका गीतको समीक्षा गरिएको हो । लेखक संघले विगतमा पुस्तकको मात्र समीक्षा गर्दै आएको भएपनि पहिलो पटक गीतको समीक्षा गरेको थियो । २०७० देखि गायन र पत्रकारितामा सक्रिय बस्नेतले शनिवार समीक्षक आचार्यसँगै अग्रज स्रष्टा र सहभागिलाई आधुनिक, लोक र पप गीत पस्केका थिए ।

आधि चलको चलेको रातमा

हुरी चलेको रातमा

नठान्नु एक्लै प्रिया म हुने छु साथमा …। उनको यो गीत डिजिटिल प्रविधिबाट बजिरहदा समीक्षक र सहभागि सवै मन्त्रमुग्ध थिए । त्यो पछि उनका बाबु स्व कृष्ण बस्नेतको लोश दोहरी गीत चिल बस्यो टुप्पैलाई छोरा बस्नेतले गायको लोक दोहरी गीत बजेको थियो । झण्डै ३ घण्टा चलेको समीक्षा कार्यक्रममा उनले स्वर, संगीत र रचना गरेको एक दर्जन गीतहरु राखिएको थियो । केही गीत उनले मञ्चमै समेत गाउन्न भ्याएका थिए ।

राप्ती सोनारी गाउँपालिका १ लौकी बाँके निवासी गायक बस्नेतले १० वटा गीत बजारमा ल्याएका छन् । चार आधुनिक, एउटा लोक दोहरी, चार पप र एउटा राप्तीको चिनारी सम्बन्धी गीत भएको गायक बस्नेतले बताए । गायक बस्नेतका गीतको समीक्षा गर्दै लोक संस्कृति विद्ध डा आचार्यले गायक बस्नेत संगीतको क्षेत्रमा आशा लाग्दा प्रतिभा भएको बताए । ‘उहाँको स्वरमा निखार छ । संगीत क्षेत्रमा आशा जगाउन सक्षम हुनुहुन्छ’ डा आचार्यले भने ।

उनका अनुसार गायक बस्नेतलाई आधुनिक गीत नै फिट हुने समेत बताए । ‘आधुनिक, लोक र पप गीत उहाँका छन । तर उहाँको स्वर आधुनिक गीतमा नै फिट छ’ उनले भने । स्वर, संगीत र शब्दले एउटा श्रृर्जनाले पुर्णता पाउने भन्दै डा आचार्यले त्यसमा जोड दिन सुझाव समेत दिए । लेखक संघ दाङका पुर्व अध्यक्ष शंकर पौडेलले गायक बस्नेतका गीतमा मिठास र कारुणीक दुवै भएको बताए । कार्यक्रममा गायक शरद समिप र नेपाली काँग्रेस त्रिपुरका सभापति दिपक पाण्डे लगायतले विचार राखेका थिए । कार्यक्रमको सहजिकरण लेखक संघ दाङका सचिव पिताम्बर रिजालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*