Home / Feature Breaking news / देशभर ९८ हजार बढि म्यादी प्रहरी भर्ना गरिदै (यस्ताे छ सेवा सुविधा) 

देशभर ९८ हजार बढि म्यादी प्रहरी भर्ना गरिदै (यस्ताे छ सेवा सुविधा) 

अमरराज आचार्य
दाङ, २७ असोज ।
सरकारले संघ र प्रदेशको निर्वाचनका लागि म्यादी प्रहरीको आवेदन फर्म खुल्ला गरीएको छ ।
सरकारले संघ र प्रदेशको निर्वाचनकालागि देश भर ९८ हजार २ सय ६८ जना म्यादी प्रहरीकालागि माग गरेको छ ।

जिल्लामा कति म्यादी सङख्या रहने भन्ने वारे हाल सम्म कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दाङका निमित प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । गत स्थानिय तहको निर्वाचन भन्दा वढी सङख्या आवस्यक पर्ने उनले बताए । उनले भने‘ सङख्या कति भन्ने वारे जानकारी आएको छैन गत निर्वाचन भन्दा वढी म्यादी आवस्यक पर्ने छ’ । गत स्थानिय तहको निर्वाचनमा जिल्लामा १ हजार ३ सया ४० म्यादी प्रहरी रहेको प्रहरी कार्यालयले जनाएको छ ।

स्थानिय तहको निर्वाचनमा भन्दा यस पटक निर्वाचन केन्द्र समेत वृद्धि भएको छ । त्यस कारण म्यादीको सङख्या वढने छ । म्यादी प्रहरीको आवेदन फर्म गएको असोज २४ गते वाट सुरु भएको छ । भने असोज ३० गते सम्म फर्म आवेदन र्फम भर्ना सकिने छ । आवेदन दिनकालागि १८ वर्ष पुरा भइ ५४ वर्ष नघागेको हुनु पर्ने नेपाल प्रहरीले निकालेको सुचनामा उल्लेख गरीएको छ । आवेदन दिनका लागि नेपाली नागरीक हुनु पर्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरीएको, कुनै राजनितीक दलको सदस्य नरहेको, शारिरीक तथा मानसिक रुपले तन्दुरुन्त रहेको, साधारण लेख पढ गर्ने जानेको हुनु पर्ने छ ।

त्यसै गरेर नेपाली सेना, नेपाल प्रहरी तथा शसस्त्र प्रहरी कार्यरत रही पेन्सन वा उपदान प्राप्त पुर्व सुरक्षाकर्मीहरु, पुर्व वन रक्षकहरु, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत नेपाली पुर्व सुरक्षा कर्मीहरु, विगतका संविधान तथा स्थानिय तहको निर्वाचनमा म्यादी प्रहरी भर्ना भइ राम्रो काम गरेका म्यादी प्रहरीलाई प्राथमिक्ता दिने नेपाल प्रहरीले जनाएको छ ।

दरखास्त सम्वन्धीत जिल्ला प्रहरी कार्यालयहरुमा दिन सकिने भएको छ । दस्खास्त दिएकाले यही कार्तिक १ गते सम्पर्क राख्नु पर्ने छ । कार्तिक ५ गते वाट ८ गते सम्म छनोट प्रारम्भिक छनोट हुने छ । छनोटको अनतिम नतिजा प्रकासन कार्तिक १० गते गरीने भएको छ ।

छनोट भएकालाई कार्तिक १२ गते देखि २४ गते सम्म हुने भएको छ । निर्वाचनमा खटिने म्यादीको अवधी ५५ दिनको रहने भएको छ । छनोट भएका म्यादी प्रहरीलाई नेपाल प्रहरी जवान सरह आधारभुत तलव १७ हजार २ सय ३० रुपैया दरले ५५ दिनको रकम उपल्व्ध गराईने भएको छ । त्यसै गरेर राशन र स्थानिय भता उपल्व्ध गराईने भएको छ ।

निर्वाचनमा कुनै पनि डयुटीमा खटिने म्यादी प्रहरीलाई ७ दिनको प्रतिदिन २ सय ५० रुपैया को विशेष भत्ता र ७ दिनमै लागि प्रतिदिन २ सय ५० का दरले खाजा खाजा उपलव्ध गराइने छ । निर्वाचनको क्रममा घाईते भएका कुनै पनि म्यादी प्रहरीलागि नागरिक राहत क्षतीपूति तथा आर्थिक कार्य विधि २०६८ शसोधित अनुसार वढीमा १ लाख ५० हजार सम्मको उपचार खर्च नेपाल सरकारले व्यहोरने भएको छ ।

निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीको निर्वाचनको क्रममा मुत्यु भएमा निजको आश्रीत परिवारलाई नेपाल सरकारले १५ लाख सम्म आर्थिक सहायता उपल्वधता गराउने भएको छ । निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीलाई खटिएको स्थान सम्म आउन र जानकालागि प्रति म्यादी प्रहरी वरावर १ हजार रुपैया प्रदान गरीने भएको छ । म्यादी प्रहरीलाई निर्वाचन तोकिएको वमोजिक पोशाक प्रयोग गर्नेकालागि ४ हजारका दरले पोशाक रकम उपलव्ध गराइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*