Home / Feature Breaking news / दाङ व्यापारिक तथा पर्यटन महोत्सवमा अल्लोको आकर्षण

दाङ व्यापारिक तथा पर्यटन महोत्सवमा अल्लोको आकर्षण

लिलाधर वली
दाङ,१२ फागुन । दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ मा स्थानीय उत्पादन आकर्षण बनेका छन । कृषि,हस्तकला,अटोमोवाइललगायत विभिन्न व्यवसायीक स्टल मध्य महोत्सवमा स्थानीय उत्पादनका रुपमा रहेका अल्लाका सामाग्रीहरु महोत्सवका आकर्षणका रुपमा रहेका छन । अल्लोवाट उत्पादन भएका सामाग्रीहरु दैनिक १५ देखि ३० हजारसम्म विक्रि हुने गरेका महोत्सवमा सहभागी व्यवसायीहरुले बताएका छन ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा भएको व्यापारिक तथा पर्यटन महोत्सव एव प्रदेश स्तरीय औद्योगीक कृषि प्रदर्शनीमा अल्लाका सामाग्रीहरु राम्रो विक्रि भैइरकेका महोत्सवमा सहभागी सहनशील दिदी बहिनी अल्लो धागो उद्योग समुहकी झुला डागीले बताईन । ‘महोत्सवका सुरुका दिनहरुमा कम विक्रि भएको भएपनि अहिले दैनिक २० हजारभन्दा माथि नै कारोवार हुने गरेको छ’, डागीले भनिन ।
उनको समुहले महोत्सवमा अल्लो धागोवाट उत्पादन भएका अल्लोका टोपी,झोला,पर्स,स्टकोट,लेडिज व्याग,जुत्ता,जुहारीकोट,क्याप,बेल्टलगायतका सामाग्रीहरु विक्रि भैइरहेका छन ।

अन्य समयमा उद्योगबाट उत्पादन सामाग्रीहरु विक्रि गर्दै आएको समुहले अहिले भने महोत्सव स्थलवाट सामाग्रीहरु विक्रि गर्दै आएको छ । यसले आफनो सामागीहरुको प्रचारप्रसारदेखि उत्पादित अल्लोका सामाग्रीहरु विक्रि वितरण गर्न सहज भएको समुहकी अर्की सदस्य मिना बुढाले बताईन । अन्य समयमा दाङमा खासै विक्रि हुदैन यस्ता मेला महोत्सवहरुमा ल्याउन जिल्लाभरका मानिसहरु आउने र हेर्दा अल्लाको सामाग्रीहरु आकर्षक देखिने भएकाले धेरै विक्रि हुने गरेको बुढाले बताईन ।

अन्य समयमा उक्त समुहले काठमाण्डौ,पोखरा,चितवनलगायतका जिल्लाहरुमा उत्पादिन सामाग्रीहरु बेच्ने गरेको समुहले जनाएको छ ।
त्यस्तै बताउछिन प्रेम नि.श अल्लो धागो तथा तयारी पोशाकउद्योगकी अध्यक्ष प्रेमकुमारी पुन । मेला महोत्सवहरुले उत्पादनको विक्रि वितरणदेखि प्रचारप्रसार समेत हुने गरेको पुनले बताईन । ‘पसलमा भन्दा मेला महोत्सवहरुमा आएर सामाग्रीहरु बेच्दा अलि बढि व्यापार हुने गर्दछ’,पुुनले भनिन,‘महोत्सवमा गाउघरसँगै टाढाटाढावाट मानिसहरु आउने भएकाले अलि बढि व्यापार हुने गर्दछ ।’ उनी पनि दैनिक २५ हजारभन्दा बढि कारोवार हुने गरेको बताइन ।

महोत्सवमा अल्लोवाट बनेका पर्स, जेन्स व्याक,पर्स,महिलाहरुको सल,कोट,स्टीकोट,जुत्ता,चप्पल,मोवाईल व्यागलगायतका सामाग्रीहरु विक्दै आएका उनी बताउछिन । उद्योगवाट उत्पादित सामाग्रीहरु विक्रि कक्षसँगै विभिन्न समयमा हुने नेपालका मेला महोत्सवहरुमा पुगेर उद्योगवाट उत्पादिन सामाग्रीहरु विक्रि गर्दै आएको समेत उनी बताउछिन ।

यसका साथै अन् य समयमा काठमाण्डौ,पोखरा,लुम्वीनीलगायतका मुख्य शहरहरुमा पुगेर उद्योगावाट उत्पादन भएका सामाग्री बेच्न गरेको उनी बताउछिन । उद्योगवाट उत्पादित अल्लाको सामाग्रीहरु मेला धेरै ग्राहकहरुले किन्नेदेखि कतिपय मानिसहरु हेर्नलाई समेत आउने गरेका छन । अहिले दाङ व्यापारिक तथा पर्यटन महोत्सव एव प्रदेशस्तरिय औद्योगिक कृषि प्रदर्शनीमा अल्लोस्ाँगै कृषि उत्पादन हेर्नेदेखि तरकारी बालीका बारेमा जानकारी लिने मानिसहरु धेरे धेरै आउने गरेका छन ।

28381118_2387666158131467_2082139908_nमहोत्सवमा दाङमा उत्पादन भएका तरकारी तथा कृषि जन्यबस्तुको बारेमा जानकारी दिने उद्देश्यले राखिएका स्टलहरुमा गोपी,टामाटर,लौका,मुलालगायतका माछापालन सम्वन्धी जानकारी लिन धेरै मानिसहरु आउने गरेका छन । यहि फागुन ३ गतेदेखि सञ्चालन भएको महोत्सव १३ गतेसम्म सञ्चालन हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*