Home / मनोरञ्जन / ‘लावाजुनी’को पोष्टर सार्वजनिक

‘लावाजुनी’को पोष्टर सार्वजनिक

दाङ, ८ कार्तिक
कमलरीहरुको जीवनमा आधारित चलचित्र ‘लावाजुनी’को पोष्टर सार्वजनिक गरीएको छ । घोराहीमा एक कार्यक्रमको आयोजना गरेर पोष्टर सार्वजनिक गरिएको हो ।
कमलरी बस्दा भोग्नुपरेको जिवनीलाई प्रमुख कथावस्तु बनाएर निर्माण गरीएको चलचित्र लावाजुनीको निर्माण सम्पन्न भएको र सोही अवसरमा पोष्टर सार्वजनिक गरिएको निर्देशक केएल पीडितले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार दुर्गालाल केसी, युवा प्रकाश शाही लगायतले चलचित्र सफलतको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा निर्देशक केएल पीडितले चलचित्रलाई विशेष रुपमा दाङमा प्रर्दशन गरिने बताउनुभयो । उहाँले कमलरीहरुले भोग्नुपरेको वास्तविक कथालाई पर्दामा उतारिएको बताउनुभयो ।

कार्यकारी निर्माता गेहेन्द्र बस्नेतको अध्यक्षता तथा मुक्त कमलरी विकास मञ्चकी पुर्वअध्यक्ष उर्मिला चौधरीको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब उदय जिएम र पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको कार्यक्रमको सहजिकरण पत्रकार निशानदाजु भट्टराईले गर्नुभएको थियो ।

कार्यक्रममा मुक्त कमलरी विकास मञ्चकी पुर्व अध्यक्ष उर्मिला चौधरी, निर्देशक केएल पीडित, पत्रकार महासंघका सचिब उदय जिएम, दाङका अध्यक्ष सविन प्रियासन, नायक तथा खेलाडी विरुभाई बज्राचार्य, कार्यकारी निर्माता गेहेन्द्र बस्नेत, रिना बस्नेत लगाएतले चलचित्रको पोष्टर सार्वजनिक गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*