Home / समाचार / दाड कांग्रेसले उम्मेदवारको अन्तिम टुगो लगायो, सवै स्थानमा कार्यकर्ता उत्साहीत रहेको नेतृत्वको दावी(उम्मेद्वारकाे नामावली सहित)

दाड कांग्रेसले उम्मेदवारको अन्तिम टुगो लगायो, सवै स्थानमा कार्यकर्ता उत्साहीत रहेको नेतृत्वको दावी(उम्मेद्वारकाे नामावली सहित)

Nepali-Congress-Flag

नेपाली काग्रेसले आफ्ना उमेद्वारको अन्तीम नामावली सार्वजनिक गरेको छ । नेपाली कांग्रेस दाङका सचिव शंकर डाँगीका अनुसार केहि स्थानमा देखिएको असन्तुष्टि सनिवार वेलुकी सम्म मत्थर भएको छ । डाँगीले सवै कार्यकर्ताको गुनासो सुनेर जिल्ला नेतृत्वले जाएज गुनासाहरु सम्वोधन गर्ने प्रतिवद्दता जनाएकाले आइतवार काँग्रेसवाट कोहि वागी उमेद्वार नवन्ने समेत दावी गरेका छन् । उनले ४ गते  १० वटै तहमा उत्साह पुर्ण रुपमा उमेद्वारी दिइने जानकारी दिएकाछन् ।

काग्रेसले आफ्ना उमेद्वार समावेसी ढंगले चुनिएको समेत दावि गरेकोछ । जिल्ला सचिव डाँगीका अनुसार जिल्लाका का १० स्थानिय तह प्रमुख मध्य २ जना थारु १ जना गिरी रहेका छन् । त्यस्तै १० उपप्रमुख मध्य १ नेवार १ दलित १ यादव र १ चौधरी रहेका छन् । त्यसैगरी १०० जना वडा अध्यक्ष मध्य थारु १६ जना, मगर ८ जना महिला २ जना मुस्लीम १ जना दलित १ जना यादव ३ जना गीरी÷पुरी ४ जना रहेका छन् । काँग्रेसवाट घोराही उपमहानगरपालिकाको प्रमुखमा भूपबहादुर डाँगी, उपप्रमुखमा पुष्पा श्रेष्ठ, तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा गेहेन्द्र गिरी र उपप्रमुखमा देविका नेपाली मैदानमा उत्रिएका छन् ।

देउखुरी उपत्यकामा पर्ने लमही नगरपालिकाको प्रमुखमा जोगराज चौधरी र उपप्रमुखमा देवका बेल्वासेले उम्मेदवारी दिदै छन् । त्यस्तै देउखुरीकाका गढवा गाउँपालिकाको अध्यक्षमा श्रीपत चौधरी, उपाध्यक्षमा सकुन्तला डीसी, राप्ती गाउँपालिकाको अध्यक्षमा नुमानन्द सुवेदी, उपाध्यक्षमा जगदम्बा चौधरी, राजपुर गाउँपालिकाको अध्यक्षमा लोकराज केसी र उपाध्यक्षमा धनपति यादव, बंगलाचुली गाउँपालिकाको अध्यक्षमा भोजराज पाण्डे, उपाध्यक्षमा निर्मला खनाल, दंगीशरण गाउँपालिकाको अध्यक्षमा यज्ञनारायण आचार्य, उपाध्यक्षमा पिमा खड्का, शान्तिनगर गाउँपालिकाको अध्यक्षमा कमानसिंह डाँगी, उपाध्यक्षमा मिथिला शाह, बबई गाउँपालिकाको अध्यक्षमा कुलबहादुर केसी र उपाध्यक्षमा देवा बस्नेतलाई कांग्रेसले मैदानमा उतार्दै छ ।
यस्ता छन् काँग्रसका घोराहि र तुलसीपुरका उमेद्वारहरु

Microsoft Word - tulsipur

Microsoft Word - tulsipur
Microsoft Word - ghorahi
Microsoft Word - ghorahi

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*