Home / प्रदेश समाचार / नेपालगञ्जमा काँग्रेसको मिडिया डेक्स स्थापना

नेपालगञ्जमा काँग्रेसको मिडिया डेक्स स्थापना

नेपालगञ्ज– नेपाली काँग्रेसले बाँकेको नेपालगञ्जमा मिडिया डेक्स स्थापना गरेको छ । आगामी निर्वाचनलाई लक्षित गरी स्थापना गरिएको मिडिया डेक्सको काँग्रेस नेता तथा पूर्व मन्त्री रमेश लेखकले विहीबार एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।

डेक्स उद्घाटन गर्दै काँग्रेस केन्द्रीय सदस्य एवं स्थानीय तह निर्वाचन २०७४ प्रचारप्रसार उपसमितिका संयोजक लेखकले काँग्रेसबिना अग्रगामी परिवर्तन र विकास सम्भव नभएको दाबी गरे । काँगे्रसले जितेमा मात्रै मुलुकले जित्ने र राष्ट्रिय एजेण्डा स्थापति हुने उनको दाबी थियो ।

कार्यक्रममा पार्टी सभापति किरण कोइराला, काँगे्रसका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाका मेयर उम्मेदवार डा सुरेश कनौडिया, उपमेयर उम्मेदवार उमा थापा, नेपाल पे्रस यूनियन महासचिव अजय शिवाकोटी, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*