Home / Feature Breaking news / देउखुरीमा धारिलो हतियार प्रहार गरि श्रीमतीको हत्या

देउखुरीमा धारिलो हतियार प्रहार गरि श्रीमतीको हत्या

देउखुरी, २६ बैशाख । दाङमा श्रीमानले धारिलो घरेलु हतियार प्रहार गरि श्रीमतीको हत्या गरेका छन् ।

दाङको गढवा गाउँपालिका २ महदेवा निवासी ३७ वर्षिय श्रीमान धनिराम चौधरीले ३८ वर्षीया श्रीमती शिला चौधरीलाई घरेलु हतियार प्रहार गरि हत्या गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिएका छन् ।

बिहान खेतमासँगै काम गरेका श्रीमानले खाना खाने बेला श्रीमतीको घाँटीमा दाउ प्रहार गरेका थिए । श्रीमानको दाउ प्रहारबाट गम्भीर घाइते भएकी शिलाको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । श्रीमतीको हत्या गर्ने श्रीमान धनिरामलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*