Home / Feature Breaking news / प्रदर्शनीमा सहभागी उत्कृष्ट कृषक र झाँकीहरुलाई नगदसहित पुरस्कृत

प्रदर्शनीमा सहभागी उत्कृष्ट कृषक र झाँकीहरुलाई नगदसहित पुरस्कृत

घोराही, १६ फागुन

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले घोराहीमा आयोजना गरेको ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ को उद्घाटन दिन शेभायात्रामा सहभागी उत्कृष्ट संघसंस्थालाई पुरस्कार प्रदान गरिएको छ ।

‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको सम्वृद्धिको आधार’ र ‘स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर बनाऔँँ’ भन्ने मूल नाराका साथ घोराही १४ झिगौरामा आयोजना गरिएको प्रदर्शनीको उद्घाटन दिन शोभायात्रामा सहभागी झाँकीमध्यबाट उत्कृष्ट हुने संघसंस्थाहरुलाई पुरस्कार प्रदान गरिएको हो ।

उद्घाटनको दिन भएको शोभायात्रामा सहभागी संघसंस्थाहरुमध्य उत्कृष्ट संघसंस्थाको झाँकीलाई पुरस्कार प्रदान गरिएको छ । जसमा प्रथम हुने जिवनज्योति कृषक समूह घोराही १७ कर्जाही प्रथम, नेपाल मगर संघ जिल्ला समन्वय समिति दृतिय, नयाँ विहानी टोल विकास संस्घा घोराही १७ तृतिय र राष्ट्रिय अल्लो उद्योग संघ र ब्रह्मकुमारी ईश्वरिय विश्वविद्यालय घोराही सानत्वना हुनुभएको छ । उहाँहरुलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार, ३ हजार नगद सहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

साथै शुभ विहानी टोल विकास संस्था घोराही १३, मिरुले सेवा समाज घोराही १८, लुकमेल खाम समाज घोराही १८, शान्ति आमा समूह घोराही १७, रोल्पा कोटगाउले समाज, तेरौटे टोल विकास संस्था, रातामाटा टोल विकास संस्था, जेलबाङी समाज र क्रोवा टोल विकास संस्थालाई उत्प्रेरणा स्वरुप पुरस्कार स्वरुप एक हजार नगद सहित पुरस्कृत गरिएको मुल्यांकन तथा अनुगमन समितिका संयोजक श्रीमण न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै प्रदर्शनीमा रहेको कृषी सामाग्री प्रदर्शनी गर्ने कृषकहरुलाई पनि मूल्यांकनको आधारमा पुरस्कार प्रदान गरिएको छ । जसमा नमूना तरकारी उत्पादन कृषक समूह घोराही ६ गुरुवागाँउ प्रथम, जीवन ज्योति कृषक समूह घोराही १७ दृतिय, गैरागाँउ क्वाडी कृषक समूह घोराही १७ तृतिय, एकपन साना किसान समूह घोराही ६, देविलाल खड्का घोराही ७, खगेन्द्र बुढा घोराही १८ लाई सान्त्वना पुरस्कृत गरिएको छ । उहाँहरुलाई क्रमशः ३ हजार, २ हजार, १ हजार ५ सय र १ हजार सहित प्रमाणपत्रले पुरस्कृत गरिएको आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो । साथै प्रदर्शनीमा सहभागी कृषकहरुलाई प्रोत्साहन स्वरुप प्रतिव्यक्ती पाँच सयका दरले पुरस्कार प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*