Home / Feature Breaking news / घोराहीमा चोरीका घट्ना बढ्दै

घोराहीमा चोरीका घट्ना बढ्दै

दाङ,५ साउन  । शुक्रवार राति घोराहीको एक इलेिक्ट्रक पसलमा चोरी भयो । घोराही उपमहानगरपालिका–१५ शहिदगेट नजिकै रहेको लम्विनी फ्रिज इलेक्ट्रीक वर्कशप एण्ड ट्रेनिङ सेन्टरको सटरवाट चोरले ८० हजार मुल्य बराबरको तामाको तार चोरेर लगेको छ ।

बजारको मुख्य सडक शहिदगेटदेखि दक्षिणपूर्वमा रहेको पसलको सटरको ताला फोडेर चोरले तामाको तार चोरेर लगेको इलेक्ट्रकी पलसका प्रोपाईटर लक्ष्मण अधिकारीले बताए । ‘शुक्रवार पसलवाट काम सकेर सटरमा ताला लगाएर घरमा आएको थिए’, प्रोपाईटर अधिकारीले भने,‘तर शनिवार विहानै पसलका छिमेकीले फोन गरेर भन्नुभयो, पसलमा चोरी भएको खवर गर्नुभयो ।’ घोराहीको मुख्य बजारका रुपमा रहेको शहिदगेटमा चोरले ताला फोडेर चोरी गर्नुले राज्य व्यवसायीको सुरक्षामा कत्तिको संवेदनशिल छ भन्ने प्रश्न उव्जाएको बताए ।

त्यस्तै चार दिन पहिले घोराहीकै साथी फ्रिज पसलमा पनि चोरी भयो । चोरले पहिल बाहिर राखेको सामान चोर्दै गर्दा छिमेकीले चोर–चोर भन्दै हल्ला गरेपछि चोरले लग्न थालेको पंखा छोडेर भागेको पसल सञ्चालन कृष्ण पोख्रेलले बताए । ‘चोरले बजारका पसलमा चोरेर विगविगी बनाएको छ’,सञ्चालक पोख्रेलले भने,‘व्यवसायीलाई ढुक्कसाग व्यवसाय गर्ने बातावरण नै भएन ।’ अहिले तँ साझ पसल बन्द गरेर सुत्न जादा पनि आफुहरुलाई जगजति हुने अवस्था रहेको बताए । ‘चोरले मुल्यको हिसावले पसलमा ठुलो क्षेती तँ पु¥याएको छैन’,पोख्रेलले भने,‘तर घोराहीको मुख्य बजार क्षेत्रमा चोरी हुनले सुरक्षामा प्रश्न सिर्जना गरेको छ ।’ व्यवसायको सुरक्षामा राज्य गम्भीर हुनुपर्ने समेत उनले बताए ।

त्यस्तै केही दिन पहिले घोराही उपमहानगरपालिका–१५ डिके पेट्रोल पम्व नजिकै रहेको बिजय इलेक्ट्रक पसलवाट पनि चोरले ८५ केजी तामा तार चोरी गरेको थियो । जेनेटर, मोटर र पंखालगायतमा पयोग गरिने तामाको तार चोरले पसलवाटै चोरी गरेको पसलका सञ्चालक बिजय नेपालीले बताए । ‘पसलका लागि आवश्यक तामाको तार राखेको थिए,’ उनले भने,‘पसलमा कोही नभएको मौका छोपी चोरले दिउँसै तार लगेछ ।’ उनको पसलवाट चोरले दिउँसै पसलमा कोही नभएको अवस्थामा चोरी भएको बताए ।

‘म एक्लै भएकाले पसलको सटर तानेर खाना खान घर गएको थिए’,सञ्चालक नेपालीले भने,‘ त्यही समयमा चोरले पसलमा राखेको तामाको तार चोरेको बताए ।
घोराहीमा पछिल्लो समय चोरीका घट्नाहरुमा वृद्धि भएका छन । पसलहरुसँगै गहना, मोटरसाईकललगायतका चोरी भएका छन । पीडितहरुले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपनि प्रहरीले चोरलाई पक्राउ गर्न सकेको छैन । बजारमा सुरक्षाका लागि सिसि क्यामेरा नहुदा पनि पसलहरुमा धेरै चोरी हुने गरेको व्यवसायीहरुको गुनासो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*