Home / Feature Breaking news / डिउटी नै महिला प्रहरीको तीज

डिउटी नै महिला प्रहरीको तीज

घोराही, १७ भदौ

भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज पर्व । हिन्दुहरुको महान् पर्व हरितालिका तीज सोमवार धुमधामका साथ मनाईएको छ । तीज पर्वसँगै जोडीएको ऋषी पञ्चमी पर्व आज मंगलवार मनाईदैछ ।

तीज पर्वलाई हिन्दु संस्कारसँग जोडीएको छ । हिन्दु परम्परा अनुसार यो तीज पर्वलाई विशेष गरि महिलाहरुको पर्व भनिन्छ ।

महिलाहरुाके महान् पर्व तीजको अवसरमा महिलाहरु समूह समूहमा विभाजित भएर ठाँउठाँउमा तीजका गीत गाउँदै  छमछमी नाचिरहेका थिए ।  रातो रङको साडी, चुरा, पोते, साथै कुर्ता र लेहेङगा एवं गरगहनामा सजीएका महिलाहरु रमाईलोमा झुमीरहेका थिए ।

तीनै सिंगारिएका महिलाहरु सहज रुपमा नाचगान गरुन् भनेर खटिएका महिला प्रहरी । तीज पर्व महिलाहरुको महान् पर्व भनिएपनि महिला प्रहरीहरुको तीज भने यसैगरि बित्छ हरेक वर्ष । महिलाहरुलाई सुरक्षा दिन मै ।

नाचगानमा सहजता ल्याउनमै । तीजको दिन पालैपालो छमछमी नाचिरहेका महिलाहरुको सुरक्षामै बित्छ उनीहरुको दिन । कोही नाचिरहेके ठाँउको व्यवस्थापनमा, कोही मन्दिरमा त कोही ट्राफिक व्यवस्थापनमा । वर्षमा एक पटक आउने तीज ननाचेरै बित्छ । ‘मनभरिको रहरलाई मारेर बस्नुपर्छ’ डिउटीमा रहेकी एक महिला प्रहरीले भनीन्–‘नाच्न गाउन रहर लाग्छ तर के गर्नु ।’

देश र जनताको सुरक्षाकलागी अहोरात्र खट्ने बाचा गरेर ‘सत्य सेवा सुरक्षणम्’ लाई आत्मसाथ गर्दै नेपाल प्रहरीमा भर्ना भएका धेरै महिला प्रहरीहरु तीज आप्mनोलागी भन्दा पनि अरुको लागी बिताउछन् । ‘ब्रत बसेको छु रात पर्न थालिसक्यो, कतिबेला गएर पूजा गर्ने हो, फेरि बेलुका नि डिउटी छ । पूजा गर्न भ्याईन्छ की नाई ।’ तुलसीपुर क्षेत्रमा डिउटी खटिएकी महिला प्रहरीले भनीन् ।

विशेष गरि बजार क्षेत्रमा हुने नाचगानमा महिला प्रहरीहरु सुरषाकालागी खटिएका थिए भने केही महिला प्रहरी मन्दिरहरुमा पूजाआजाकालागी आउने महिला दिदीबहिनीहरुलाई व्यवस्थापन गर्नकालागी डिउटी खटिएका थिए ।

‘देशको सेवा गर्नका लागि खटिएकाले अन्य नारीहरुले जस्तै वर्त बसेर रातो पहिरनमा नसजिए पनि मनबाट नै चार्डपर्वका राम्रा पक्षहरुलाई स्वीकार गछुर््’ अर्की महिला प्रहरीले भनीन्– ‘दिदी बहिनीलाई आफ्नो क्षेत्रबाट सेवा गर्न पाउँदा खुशी लागेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*