Home / समाचार / करेण्ट लागेर एक जनाको मृत्यु

करेण्ट लागेर एक जनाको मृत्यु

दाङ,१७ भदौ । दाङको देउखुरीमा करेण्ट लागेर मंगलबार एक जनाको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नं. ६ देउपुर स्थीत एक घरमा मिस्त्री काम गर्दै गर्दा करेण्ट लागेर सोही ठाउँ निवासी ३० बर्षीय जीवन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदबिक्रम शाहले जानकारी दिए ।

एक तले घरको छतमा मिस्त्री काम गरिरहेको समयमा चौधरीलाई करेण्ट लागेर भुईमा खसेर थिए । घाइते चौधरीको लमहीमा रहेको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक शाहले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*