दाङ,११ असार । नेपाल विद्यार्थी संघ घोराही नगरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्त सञ्चार केन्द्र घोराहीमा रगतको अभाव भएको समयमा नेविसंघ घोराहीले रक्तदान गरेको हो ।
बिरामीहरुलाई आवश्यक पर्ने रगतको अभाव हुन नदिनका लागि घोराहीमा रहेको रक्त सञ्चार केन्द्रमा २६ जनाले रक्तदान गरेको नेपाल विद्यार्थी संघ घोराही नगर समितिका अध्यक्ष निरज पाण्डेले जानकारी दिएका छन् ।
‘ जिल्लामा रगतको अभाव हुन नदिका लागि नेविसंघले रक्तदान गरेको हो’–उनले भने–‘आगामी दिनमा पुन समस्या भएमा यस्ता कार्यक्रम पुनः गर्नेछौ ।’
नेपाल विद्यार्थी संघले विगतमा पनि रक्तदानलगायतका सामाजिक कार्यहरु गर्दै आएको छ ।रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा सामाजिक व्यत्तित्व बिरबहादुर रावत ‘बीरुलगायतको सहभागिता रहेको थियो ।