शरद रेग्मी
दाङ, २२ साउन
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं महिला नेतृ डा. डिला संग्रौलाले काँग्रेसमा संगठन सुद्धिढिकरणका साथै पूर्नताजकीको अभियान थाल्नुपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लव दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संग्रौलाले पार्टी भित्रको अन्तरघात र अनुशासन हिनताको कारणले कांग्रेस पहिलो पार्टि हुदाँ हुदै पनि स्थानीय तहमा दोस्रो स्थानमा आउनु परेको भन्दै अब आफूहरुले त्यस अभियानलाई लियर जिल्ला जिल्लामा हिडेको बताउनुभयो ।
नेपाली काँग्रेसले विभिन्न कारणले स्थानीय निर्वाचनमा धेरै स्थानमा पराजय भोग्नु परेको भन्दै अव कमिकमजोरीहरुलाई सच्याउदै प्रदेश र संघको निर्वाचनमा लाग्नुपर्ने बताउनुभयो । उहाँले अव काँग्रेसमा देखिएको यो भद्रगोलको अवस्थालाई अव हामिहरुले सुधार गर्नु पर्छ हैन भने पाटीमा अनुसासन हिनता बढदै जाने छ ।
त्यस्तै उहाँले देश भरिका महिलाहरुसँग भेटघाट र स्थानीय निर्वाचनको समिक्षाको लागि आफूहरुले अभियान थालेको भन्दै स्थानीय तहमा जितेकाहरुलाई बधाई र पराजय भोगेकाहरुलाई सहानुभुति दिएको बताउनुभयो । प्रदेशको चुनावमा ५० प्रतिशत अधिकारका साथै संघको चुनावमा महिला÷महिलाबीच खुल्ला प्रतिस्पर्धा आवश्यक भएको बताउनुभयो । त्यसैगरी उहाँले सरकारमा पनि ३३ प्रतिशत महिला सहभागीता हनुपर्ने आफुहरुको माग भएपनि सो हुन नसकेको बताउनुभयो । महिला संघकी पूर्व सभापति समेत रहनुभएकी संग्रौलाले स्थानीय तहमा महिलाहरुले केही अधिकार पाएको बताउनुभयो ।
रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कारमा पूर्व संसाद उर्मीला थापाले संविधानमा महिला अधिकार सुनिश्चित भएपनि तल्लो तहमा समाजले आँफैपनि साथ नदिएको बताउनुभयो । उहाँले अब आफुहरु मिसन र भिजन सहित जिल्ला दौडाहमा लागेको भन्दै यसले संगठन सुधार हुने विश्वास व्यक्त गर्नु भयो ।
त्यसैगरी कार्यक्रममा महिला नेतृ महिला संघकी केन्द्रीय सदस्य निर्मला क्षेत्रीले महिलाहरुको ३३ प्रतिसत सहभागीता भने पनि सो व्यहारमा लागु हुन नसकेको भन्दै गुनासो गर्नु भयो । उहाँले संविधान जारी गर्दा एक भएका दलहरु हल विभाजन भएको भन्दै तिनै तहको निर्वाचन र संविधान कार्यान्वयन गर्दा सम्म सहमति र सहकार्यका साथ अगाडि बढ्नु पर्ने बताउनुभयो । साक्षात्कार कार्यक्रममा स्वागत कल्वका कोषाध्यक्ष बालाराम खड्काले गरेका थिए ।