Home / Feature Breaking news / १५ कुकुरलाई रेविज विरुद्धको खोप

१५ कुकुरलाई रेविज विरुद्धको खोप

दाङ,१२ असोज । घोराहीमा कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको छ । रेविज रोग विरुद्धको दिवसका अवसरमा यसको रोकथापका लागि घोराहीमा रहेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले १५ घरपालुवा कुकुरहरुलाई निशुल्क रेविज विरुद्धको खोप लगाएको हो ।

रेविज रोग रोकथाम र रोग विरुद्ध जनचेतना जगाउने कार्यक्रम अनसार कार्यालयले विहिवार र शुक्रवार घरवालुवा तथा सामुदायिक कुकुरहरुलाई निशुल्क खोप लगाउने व्यवस्था गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका प्रमुख डा.बेदबहादुर केसीले जानकारी दिए । अन्य समयमा रेविज विरुद्धको खोप लगाउदा दुई सय रुपैया तिर्नुपर्छ ।

‘यसबर्ष कार्यालय भर्खरै स्थापना भएकाले नयाँ कार्यक्रम गर्न सकिएन’, कार्यालय प्रमुख केसीले भने,‘सुरुको बर्ष भएकाले रेविज विरुद्ध कुकुरलाई खोप लगाउने कार्यक्रम बनाएका छौ ।’ सोही कार्यक्रमको पहिलो दिन केही कुकुरहरुलाई खोप लगाइएको छ । उनका अनुसार घरपालुवा कुकुरहरु खोप लगाउन सकिने भएपनि सामुदायका कुकुरलाई रेविज विरुद्धको खोप लगाउन समस्या रहेको छ ।

‘रेविज रोग बौलाएका कुकुरहरुवाटै मानिसलाई सर्ने गर्दछ,त्यसका लागि समुदायका कुकुरहरलाई रेविज विरुद्धको खोप लगाउन आवश्यक छ’,प्रमुख केसीले भने,‘समुदायका ती कुकुरहरलाई कसरी खोप लगाउने भन्ने समस्या छ ।’ कार्यालयका अनुसार घोराहीमा मात्र एक बढि घरपालुवा कुकुर रहेका छन भने सामुदायिक कुकुरहरु पनि रहेका छन । कार्यालय प्रमुख केसीले अन्य दिन रेविज विरुद्धको खोप लगाउदा दुई सय रुपैया लाग्ने भएकाले दिवसका अवसरमा ल्याउन समेत घरपालुवा कुकुरका मालिकहरुलाई आग्रह गरेका छन ।

त्यस्तै केही महिना पहिले बजारमा कुकुरको संख्या घटाउन घोराही उपमहानगरपालिका वडा नं. १४ को सहयोगमा तत्कालिन जिल्ला पशु सेवा कार्यालयले कुकुरहरुको बन्ध्याकरण समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*