Home / Feature Breaking news / गाडी भाडामा मनपरी

गाडी भाडामा मनपरी

लिलाधर वली
दाङ,१२ असोज । घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी सुनिल बस्नेत कामको सिलसिलामा दिनहु घोराही आईरहन्छन । घोराहीको एक हार्डवयर पसलमा काम गर्ने बताउने बस्नेतले विगत ३ दिनदेखि २५ रुपैया भाडा तिर्ने गरेका छन ।

त्यसभन्दा पहिले २० रुपैया दिर्ने गरेका थिए । तेल महंगिएको भन्दै बसहरुले भाडा बढेको भन्दै पहिलेको भन्दा ५ रुपैया धेरै रुपैया लिने गरेका छन उनी बताउछन । ‘मैले सुनेको थिए,अहिले चल्तीको भाडा रेटमा दश प्रतिशत रकम वृद्धि भएको छ भनेर’,बस्नेतले भने,‘तर यहाँ तँ चल्तीको भाडामा दश प्रतिशत भन्दा पनि मनपरि भाडा असुल्ने गरिएको छ ।’ दशप्रतिशतले तँ २० रुपैयाको २२ रुपैया लिनुपर्ने हो ।

त्यस्तै घोराही उपमहानगरपालिका– १६ सर्रा निवासी हरि चौधरीले पनि विगतको भन्दा ५ रुपैया बढि भाडा तिर्ने गरेको बताए । घोराही बजारमा मजदुरी काम गर्दै आएका चौधरी पनि दिनहु घरवाटै आउने जाने गर्छन । उनी पहिले घरवाट आउन जानका लागि २० रुपैया छुट्याउने गरेका थिए तर भाडा बढेपछि भने ३० रुपैया छुट्याउन थालेको बताए । घोराहीदेखि सर्रा जानलाई पहिले १० रुपैया भाडा थियो तर अहिले बढेर ११ रुपैया भएको छ तर गाडीवालाले भने १५ रुपैया लिने गरेका छन ।

‘घोराही काम गर्न आउदा दश रुपैया भाडा तिर्ने गर्थे तर अहिले तँ बढेर १५ रुपैया पुगेको छ’,चौधरीले भने । ‘हामीहरुले तँ बढेको भाडा दिदैनौ भन्न पनि पाउदैनौ’,चौधरीले भने,‘ भाडा बढि भयो भन्ने हो भने नजिकलाई चढाउदैनौ भन्दा चढ्ने अनि धेरै कुरा गर्ने भन्छन् ।’ गाडीवालाले चढाउदैनन् कि भनेर पनि आफुहरुले जति भाडा माग्छन उति नै दिने गरेको चौधरी बताउछन । यी उदाहरण मात्र हुन पछिल्लो समय जिल्लाका सवै रुटहरुमा गाडीवालाले मनपरी भाडा लिदा यात्रुहरु मर्कामा परेका छन । सरकार र यातायात व्यवसायी महासंघका विच १० प्रतिशत भाडा बढाउने सहमति भएपनि जिल्लामामा नियमको पालना हुन सकेको छैन ।

स्थानीय रुटमा गाडीवालाले मनपरी भाडा लिएको गुनासो बढेपछि केही यातायात समितिले भने मनपरी भाडा नलिन आफुमातहतका व्यवसयाी तथा यातायात मजदुरहरलाई आग्रह गरेका छन । समितिले हालै नेपाल सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघविच भएको सहमति अनुसार चल्तीको भाडामा दश प्रतिशत मात्र भाढा बढाउन आग्रह गरेको छ । अहिले चलिआएको भाडामा कसैले दशप्रतिशत भन्दा बढि भाडा बढाएको खण्डमा कारवार्ही गरिने राप्ती अञ्चलन सार्वजनिक यातायात व्यवसायी समितिका कार्यालय प्रमुख सिताराम शर्माले बताए ।

‘घोराही तुलसीपुर रुटमा बढि भाडा लिने गरियो भन्ने गुनासो आएपनि सूचना प्रकाशन गरेर त्यसो गर्न यातायात व्यवसायी,गाडीधनी,चालक,मजदुर तथा यात्रुहरुलाई आग्रह गरेका छौ’,शर्माले भने,‘ सूचना जारी गर्दा पनि कुनै गाडीले यात्रुसँग बढि भाडा लिएको भए कारवार्ही गर्न तयार छौ ।’ त्यसका लागि यात्रुले समितिलाई जानकारी गराउन समेत शर्माले आग्रह गरे । त्यस्तै शर्माले जिल्लामा धेरै समिति र प्रालिहरु रहेकाले भाडामा कसैले भाढाएको हुन सकने भएकाले त्यसलाई रोक्न प्रशासनले अनुगमन गर्नुपर्ने बताए । ‘हामीहरुले रोक्ने भनेको हाम्रो समितिमा मात्र हो,यहाँ धेरै समिति र प्रालिहरु रहेका छन’, समितिका कार्यालय प्रमुख शर्माले भने,‘ यदि कुनै समिति र प्रालिहरुले भाडा बढाएको भए प्रशासनले अनुगमण गरेर दोषीलाई कारवार्ही गर्नुपर्छ ।’

यता जिल्ला प्रशासन कार्यालयले बढाएको गाडी भाढालाई नियन्त्रण गर्न आजदेखि गाडीमा भाडा लिष्ट टासिने बताए । ‘सरकार र यातायात व्यवसायीकाबीच दश प्रतिशत भाडा बढाउने सहमति भएपछि जिल्लामा कतिपय रुटमा बढि भाडा लिएको गुनासो आएको छ’प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले भने,‘ गुनासो आएपछि मैले केही समिति र प्रालिका अध्यक्षहरुसँग छलफल गरेर भाडालिष्ट राख्ने कुरा भएको छ । त्यही अनुसार शुक्रवार आज जिल्लाका विभिन्न रुटमा चल्ने सार्वजनिक सवारीसाधनहरुमा भाडा लिष्ट राखिने समेत उनले बताए ।

त्यसका लागि आफुले राप्ती अञ्चलन सार्वजनिक यातायात व्यवसायी समिति र नमस्ते राप्ती यातायात प्रालिकालगायतका प्रमुखसँग सल्लाह गरेको समेत बताए । त्यस्तै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले यात्रुहरुलाई तोकिएको भाडा भन्दा बढि भाडा नदिन आग्रह गर्दै यदि बढि लिएको खण्डमा प्रशासन वा प्रहरीलाई जानकारी गराउन समेत आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*