Home / Feature Breaking news / बहुदल घोषणा भएको दिन….

बहुदल घोषणा भएको दिन….

यो संसार , यो प्रकृति, पहाड, पर्वत, खोला,नाला, वनस्तपति अनेकौ सुन्दरताका बस्तुहरु रहदै आएका छन । यी प्राकृतिक मनोरम दृष्यहरुलाई अझ सुन्दर बनाउन मानव जीवनको सार्थकता छ । त्यसैले मान्छे प्रत्येक क्षण खुशीहुन सक्छ । जीवनमा खुशीका अवसरहरु हुन्छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाका सस्थापक नारायणप्रसाद शर्मासँग धेरै खुशीका क्षणहरु छन् ।

शर्माको जीवनमा खुशी केलाउने हो भने सिंगो पहाड नै बन्न सक्छ । ‘प्रकतिको सुन्दरतामा रमाउन सके जीवनलाई अझ सुन्दरताबनाउन सकिन्छ’ मगलबार आफनै निवासमाखुसी केलाउँदै गर्दा शर्माले भने ‘जीवनका खुशीका क्षणहरु प्रकृतिमा छन ।’ त्यसैमा जीवनलाई कसरी खुशी बनाउन सकिन्छ भनेर हरेक नागरिकले सोच्न आवश्यक छ । तर मान्छेले आफुलाई नचिनेर, संसारलाई नचिनेर, संसारकाप्राकृतिक बस्तुलाई प्रयोग गर्न नजानेर आफनो पाखुरी र मस्तिष्कको क्षमतालाई प्रयोग गर्न नजानेर दुःखी हुने गरेका छन ।

हाम्रो समाजमा खुशीका क्षणलाई बेखुशीमा परिवर्तन गर्ने घातक प्रवृति छ । यस प्रवृतिले मान्छेलाई स्वार्थी, अहमकारी, काँतर बनाएको छ । हो तपाईले भने जस्तो खुशीका क्षण पनि छ मसँग । त्यो क्षण भनेको २०४६ सालको बहुदल घोषणाको दिन हो । त्यस दिन नेपालीमा जनताहरुले पञ्चाती शासणवाट मुक्ति पाएको दिन हो । त्यो मेरो जीवनको सवैभन्दा खुशीको क्षण हो । किनभने सम्पूर्ण नेपाली एक ढिका भएर प्रजातन्त्रको नारा गुञ्ज्याइ रहेका थिए । तर तत्कालिन शासकले जनताको आवाजलाई दवाउने काम गरेका थिए । जनताको नागरिक स्वतन्ताहनन् गरेका थिए । त्यसका विरुद्धमा जनताको प्रदर्शन थियो । मैले जनताको त्यो एकताको प्रदर्शनलाई सारै खुशीको क्षणको रुपमालिने गरेको छु । किनकी एकता बिना जीवनमा, मुलुकमा खुशी र समृद्धि संम्भव छैन ।

शर्माले आफना जीवनका खुशीका क्षणहरुलाई दुई भागमा बाड्ने गरेका छन । एउटा खुशीको क्षणलाई समाजिक पाटो र अर्काे खुशीको क्षणलाई व्यक्तिगत पाटो रुपमा । दुवै जीवनका पाटामा उनीसँगै धेरै खुशीका क्षणहरु छन । शर्माको व्यक्तिगत जीवनको खुशीको क्षण मध्यको दोश्रो खुशीको क्षण हो अन्तरध्वनी साहित्यिक पत्रिका । अहिले ठ्याक्कै त्यो गते र दिन थाहा भएन २०२४ सालको कुरो हो । त्यो समयमा दाङमा पत्रिका प्रकाशन भएका थिएन । जिल्लामा केही विद्यालयहरुले बार्षिक स्मारिका निकाल्ने गरेका थिए तर पत्रिका प्रकाशन भने भएका थिएनन् ।

त्यो समयमा साहित्यमा कलम चलाउने केही साथीहरु मिलेर साहित्यिक पत्रिका प्रकाशन गर्ने विचार ग¥यौ । तर पत्रिका प्रकाशनका लागि अञ्चलाधिशवाट स्वीकृतीको लाईसेन्स लिनुपथ्र्यो । लाईसेन्स लिननिकै सकस थियो ।सरकारका विरुद्धमा लेख्छन किभनेर पत्रिका प्रकाशन दिइदैन थियो ।

त्यो समयमा हामीहरुले पत्रिका प्रकाशन गर्ने विचार गरयौ र पत्रिका प्रकाशनको लागि म लाईसेन्स लिन तुलसीपुरमा रहेको तत्कालिन अञ्चलाधिशको कार्यालय गए । त्यो बेला गाडी चल्दैन थिए । हिडेरै तुलसीपुर जानुपथ्र्यो । म हिडेर गरेको थिए । त्यहाँ मलाई पत्रिका प्रकाशसनको उद्देश्यलगायका सम्पुर्ण विषयमा सोधपुछ पछि पत्रिका प्रकाशनको लाईसेन्स दिइयो । पत्रिका प्रकाशनको लाईसेन्स प्राप्त गर्दाको त्यो क्षण जीवनको साच्चीकै खुशीको क्षण हो । खुशीको पलहो । जुनदिन म पत्रिका प्रकाशनको लाईसेन्स लिएर घोराही–तुलसीपुर सडकमा पैदल हिड्दै आएको थिए । त्यो दिन अविस्मरणीय दिन हो मेरा लागि ।

त्यस्तै अर्काे खुशीको क्षण हो बुद्धको जन्मस्थल लुम्विनीमा ‘बुद्धको विश्वचिन्तन’ पुस्तकको बिमोचन गराउदाको । त्यो क्षण मेरो व्यक्तिगत जीनवको खुशीको क्षण हो । कारण आज मान्छेले आफुलाई नबुझेर, प्रकृतिलाई नुबझेर जीवन र जगतको लोभमा लागेका छन, तव जीवन दु.ख हुन्छन । बुद्धको जीवनवाट शान्ति, करुणा, मैत्री, त्याग, तपश्या आदि कुरा पाउन सक्छौँ । बुद्धको जीवनवाट दु.ख अन्तरबोध हुन्छ ।

हुन तँ जीवनमा धेरै पुस्तक धेरै पुस्तक लेखेको छु । धेरै पत्रपत्रिकाहरुमा लेखहरु लेखे, रचनाहरु लेखे तर जीवनको बास्तविकबोध गर्न त्यस्ता पुस्तकहरु कमै छन । आजहामी भड्किएका छौ । बाटो विराएका छौँ । अज्ञानताले पर्दा ढाकेको छ । भ्रममा बाँचेका छौ । त्यो बुद्ध चेतना जगाउनका लागि विश्वमा शान्ति समृद्धि छर्नका लागि त्यो पुस्तकले सन्देश प्रवाह गर्छ । शान्ति र समृद्धिको चिन्तन जगाउन यस्ता पुस्तकहरुको समाजमा आवश्यकता छ । त्यो क्षणलाई पनि जीवनको खुशीको क्षणका रुपमा लिने गरेको छु ।
नेपालमा धेरै राजनीतिक परिवर्तन भएका छन ।

त्यी जनताको बलमा भएका परिवर्तन मध्य मलाई नेपालमा गणतन्त्र घोषणाको दिन विशेष दिन हो । नेपालमा गणतन्त्र स्थापनाकालागि २०६२÷०६३ सालको जनआन्दोलनसँगै तत्कालिन माओवादीले दश बर्षिय क्रान्ति गरे । त्यस क्रममा दश हजार बढि नागरिकले गणतन्त्रको लागि जीवनको बलिदानी गरे । जीवन त्याय गरे । त्यो जनयुद्ध र जनआन्दोलनका माध्यमवाट २०६३ सालमा नेपालमा गणतन्त्र घोषणा भयो । त्यो नेपाली जनताहरुको खुशीको दिन हो । जनताको खुशीलाई मैले पनि आफनो खुशीको क्षणका रुपमा लिने गरेको छु ।

अन्तराष्ट्रिय दृृष्टिकोणले बिचार गर्दा १९७३ मा अमेरिकी साम्राज्यवाद विरुद्ध भियतनामका जनताको विजयको विषय मेरा लागि सधै चिरस्मरणीय लाग्छ । ठूलो देशले सानो देशलाई बन्दुकको बलमा अतिक्रमण लिनु जस्तो अपराध म केही देख्दैन । त्यसवाट मुक्ति प्राप्त गर्न भियतनामी विर जनताको त्याग, तपश्या, बलिदानी विश्वकै लागी अनुकरणीय छ ।

शर्मा पिता यादवप्रसादशर्मा र माता जीवादेवी शर्माको कोखवाट विस १९८८ सालमा घोराहीउपमहानगरपालिका–१७ बर्गदीमा जन्मेका थिए । संस्कृतमा माध्यममा र नेपालीमा एम.ए.सम्मको अध्ययन गरेका शर्मा व्यवस्थापिका सांसदका विधायक, नेपाल कम्युनिष्ट पाटी दाङका सस्थापक, नेपालपत्रकार महासंघ दाङ शाखाका सस्थापक अध्यक्ष, प्रेस काउन्सील नेपालकापूर्व अध्यक्ष , नागरिक समाजदाङका संस्थापक, राप्ती साहित्य परिषदका सस्थापक, सर्वाेदय पुस्तकालयतथाबाचनालयका सस्थापकलगायतकाविभिन्न संघसस्थाहरुमा आवद्ध छन । प्रस्तुती लिलाधर वली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*