Home / Feature Breaking news / प्रजातान्त्रिक यातायात व्यवसायी दाङको सभापतिमा मजगैँया

प्रजातान्त्रिक यातायात व्यवसायी दाङको सभापतिमा मजगैँया

दाङ, २२ कार्तिक । नेपाल प्रजातान्त्रिक यातायात व्यवसायी संघ दाङको सभापतिमा उमेशचन्द्र मजगैँया चयन भएका छन् ।
संघको शुक्रवार बसेको बैठकले नयाँ मजगैँयाको सभापतित्वमा नयाँ नेतृत्व चयन गरेको हो । जसको उपसभापतीमा सुरेन्द्र केसी र विरेन्द्र केसी रहेका छन् । महासचिवमा घनश्याम वस्नेत, सचिवमा निमकुमार श्रेष्ठ, कोषाध्यक्षमा विरज डाँगी चयन भएका छन् ।

बैठकले सदस्यहरुमा मुकुन्द शर्मा, मानवहादुर डाँगी, सञ्जयकुमार पराजुली, छविलाल डाँगी, अरुण श्रेष्ठ, जितबहादुर खडका, विरेन्द्र खडका, पदम वली, मोतीलाल न्यौपाने, शम्भु पोख्रेल, निरज डिसी रहेका छन् । बैठकले नेपाल प्रजातान्त्रिक यातायात व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष यमकान्त भण्डारी, संघका केन्द्रीय सचिव सुरेश हमाल, सदस्य सदस्य भरतनाथ योगी, केन्द्रीय सदस्य चिन्तामणि आचार्य, प्रदेश सदस्य ज्ञानवहादुर वस्नेत, यातायात व्यवसायी पवनराज वुढाथोकी, यातायात व्यवसायी द्रोण देवकोटा, निवर्तमान अध्यक्ष कृष्ण पाण्डे र यातायात व्यवसायी रविन्द्र शाहलाई सल्लाहाकारमा चयन गरेको छ ।

त्यस्तै बैठकले आगामी मंसिर १४ गते हुन गहिरहेको उपनिर्वाचनमा क्षेत्र नं ३ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्य र घोराही उपमहानगरपालिका वडा नं. १६ मा तारावहादुर डिसीलाइ विजयी बनाउनका लागि नेपाल प्रजातान्त्रिक यातायात व्यवसायी संघ केन्द्र र जिल्ला समितिले संयुक्त रुपमा सम्पुर्ण यातायात व्यवसायी, कर्मचारी र मजदुरहरुलाइ आ–आफनो स्थानबाट पहल गर्न आग्रह गरेको छ ।

बैठकमा नेपाल प्रजातान्त्रिक यातायात व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष यमकान्त भण्डारी, संघका केन्द्रीय सचिव सुरेश हमाल, केन्द्रीय सदस्य भरतनाथ योगी, केन्द्रीय सदस्य चिन्तामणि आचार्य, सल्लाहकार पवनराज वुढाथोकी, सचिव निमकुमार श्रेष्ठ, कोषाध्यक्ष घनश्याम बस्नेत, बिरेन्द्र केसी, बिरज डागीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*