Home / Feature Breaking news / विगतका सानातिना तितोपिरो भूलेर निर्वाचनमा खटिनुहोसः नेता गिरी

विगतका सानातिना तितोपिरो भूलेर निर्वाचनमा खटिनुहोसः नेता गिरी

दाङ,२२ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले एक ढिक्का भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आह्वान गरेका छन् ।

दंगीशरण गाउँपालिका वडा नं. ६ को श्रीगाउँ मैदानमा आयोजित छलफल कार्यक्रमलाई सम्वोधन गर्दै नेता गिरीले काँग्रेस जीवन मरणको अवस्थामा रहेको हुँदा हिजोका सानातिना तितोपिरो विर्सेर काँग्रेसको पक्षमा जनमत निर्माणका लागि खटिन सबै नेता कार्यकर्तालाई आग्रह गरेका हुन ।

‘कम्युनिष्ट आतातायिका विरुद्धमा र लोकतन्त्रको पक्षमा एक भएर लाग्नुहोस,’ नेता गिरीले भने ‘ अन्यथा भोलि लोकतन्त्र धरापमा पर्ने खतरा देखिइसकेको छ।’

काँग्रेसले मंसिर १४ गते हुने निर्वाचनमा दाङमा केशव आचार्य जस्ता निष्ठावान नेतालाई उम्मेदवार बनाएको हुँदा अत्यधिक मतका साथ विजयी बनाउन आग्रह गरे । ‘केशवजी व्यक्ति हो, तर हाल उहाँको जीत र हार नेपाली काँग्रेस संग जोडिएको छ,’ नेता गिरीले भने ‘ उहाँका व्यक्तिलाई भन्दापनि पार्टीलाई हेरेर रुखमा मतदान गर्नुहुन आग्रह गर्दछु।’

कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेशसभा सदस्य तथा पूर्व श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरीले चुनाव कुनै व्यक्ति र गुटको नहुने हुँदा सबैले लोकतन्त्रको रक्षाको लागि मतदान गर्न आग्रह गरे । कम्युष्टि सरकारले जनताको ढाड सेकिने गरि कर बृद्धि गरेको हुँदा त्यसवाट छुटकारा पाउन नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । उनले गुट उपगुटको कुरा छोडेर एक जुट भएर निर्वाचनमा होमिन सबैलाई आग्रह गरे । उनले यो जितसंगै भविस्यमा नेपाली काँग्रेसको विजय यात्रा सुरु हुने दाबी गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काँग्रेसका प्रदेशसभाका उम्मेदवार केशव आचार्यले आगामी चुनाव व्यक्तिगत रुपमा आफ्नो मात्रै नभइ काँग्रेसको प्रतिष्ठा समेत जोडिएको हुँदा प्रजातन्त्रकको रक्षाको लागि मतदान गर्न अपिल गरे । ‘म व्यक्ति हुँ ,जानेर नजानेर कहिले काँही मेरा कमिकमजोरी रहे होलान,’ उम्मेदवार आचर्याले भने ‘ तर अब त्यो सबै विर्सिदिनुहोस मलाई भन्दापनि प्रजातन्त्रको रक्षाको लागि नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्नुहोला।’

उनले केही कमिकमजोरी भएको भए आत्मआलोचना गर्ने तथा भोलिका दिनमा सच्याएर जाने उनले प्रण गरे । उनले आफु सबै गाउँ र बस्तिमा पुग्न नसकेपनि त्यसलाई अन्यथा नठानी सहयोग गर्न आग्रह गरे । आफुले आजिवन प्रजातन्त्र र लोकतन्त्रका लागि जीवन समर्पन गरेको व्यक्ति भएको हुँदा भविस्यमा पनि जनताकै माझमा रहने उनले प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काँग्रेस दाङका सचिव शंकर डााँगी, क्षेत्रीय सभापति जगतबहादुर खड्का, नेपाल तरुण दलका जिल्ला अध्यक्ष टीकाराम घर्ती, युवा नेता सुरेश हमाल, नेतृ देवा डाँगी लगाएत अन्य दर्जनवढी बक्ताहरुले नेपाली काँग्रेसका उम्मेदवार केशव आचार्यलाई विजयी बनाउन कुनैपनि कसुर बाँकी नराख्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

५०१ सदस्य प्रचार प्रसार समिति

नेपाली काँग्रेसका प्रदेशसभा सदस्य पदका उम्मेदवार केशव आचार्यलाई सघाउन निर्वाचन क्षेत्र नं. ३ (ख) का क्षेत्रीय सभापति खिमबहादुर वलीको संयोजकत्वमा ५०१ सदस्य मुल प्रचार प्रशार समिति गठन गरेको छ । श्रीगाउँमा भएको भेलाले मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा विजयी गराउन सहयोग गर्ने उदेश्यले गठित समितिको सदस्यहरुमा गाउँपालिका कार्यसमितिका पदाधिकारी रहेका छन् ।

जसमा शोभाकर न्यौंपाने,बुद्धिराम तिवारी, बलबहादुर बुढा, तुलसीपुर उपमहानगरपालिका सभापति,२५ वटै वडा समितिका सभापतिहरु, प्रेस यूनियनका प्रतिनिधि, काँग्रेस महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला कार्यसमितिका सदस्यहरु, पूर्व महाधिवेशन प्रतिनिधिहरु, पूर्व गाउँ समितिका सभापतिहरु, क्षेत्रीय प्रतिनिधिहरु, शुभेच्छुक संघ संस्थाका अध्यक्षहरु सदस्यहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*